नेभिगेशन
समाज

सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ ।

Marvel
Extreme Energy

अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । 

मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन् । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ भक्तजन दर्शन तथा पूजाआराधना गर्न पुग्छन् । 

किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो । किसानले त्यस ठाउँमा खान ल्याएको खिचडीले रगत रोकिएपछि देवी प्रकट भएको विश्वास गरिन्छ । सोही घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको जनविश्वास छ ।

स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । मेलाका अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणघाट-बुटवल सडकखण्डमा दुबो रोपिँदै

नारायणघाट-बुटवल सडकखण्डमा दुबो रोपिँदै

चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ ।
अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६...
प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

यस अगाडि प्रधानमन्त्री शाहलाई  इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा   भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । सो अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे,...
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

बिदाइका अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी...