नेभिगेशन
समाज

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

म्याग्दी । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा किसान बन्नुभएका बानियाको तीन दशक लामो कृषि यात्राले स्थानीय स्तरमै श्रम र उद्यममार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने सन्देश दिएको छ ।

Marvel
Extreme Energy

विसं २०५२ मा लुम्लेमा कृषि तालिम लिएपछि उहाँले व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् ।  सुरुमा सानो क्षेत्रफलबाट थालिएको खेती विस्तार गर्दै उनले अहिले हराभरा कृषि फार्म सञ्चालन गरेका छन् ।

“खेतीपातीको काम र विकास निर्माणका योजनामा मजदुरी गरेर जीविकोपार्जन गर्न कठिन भएपछि तरकारी खेती सुरु गरेको हुँ,” उनले भने, “तरकारीखेतीले ज्याला मजदुरी गर्नुपर्ने र ऋण खोज्नुपर्ने बाध्यता हटाएको छ । आर्थिक अवस्था सुधार हुनुका साथै अरूलाई रोजगारी दिन सकेको छु ।”

बानियाँले अहिले साढे दुई रोपनी जमिनमा तरकारीखेती र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन रोपनीमा केराखेती गरेका छन्। सिँचाइका लागि निर्माण गरिएको पोखरीमा माछापालन गरेका छन्। उनले सञ्चालन गरेको हराभरा कृषि तथा पशुपन्छी फार्मबाट वार्षिक रु १२ देखि १५ लाखसम्मको कारोबार हुने गरेको छ ।  

फार्ममा तीनवटा स्थायी प्रकृतिका प्लास्टिक घर निर्माण गरेका छन् । त्यहाँ सिमी, साग, बन्दा, काउली, गोलभेँडा, ब्रोकाउली र घिरौँलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ । हिउँदयाममा प्याज, बन्दा र काउलीका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।

उत्पादित तरकारी बेनी बजार र सिंगाको तातोपानी क्षेत्रमा बिक्री हुन्छ । पछिल्लो समय फोनबाटै कारोबार गर्न सहज भएको छ । व्यापारीलाई तरकारी पठाउने गरेका छन् । व्यापारीले बैंक खातामै रकम जम्मा गरिदिने भएपछि बजारसम्म पुग्नुपर्ने समय र खर्च बचत भएको उनको अनुभव छ ।

“तरकारीखेती सुरु गरेपछि घरमा पैसाको अभाव भएको छैन । छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको छ,” उनले भने, “विदेशको कमाइ भेलबाढीजस्तै हो । आफ्नै ठाउँमा गरेको उद्यमबाट हुने आम्दानी थोरै भए पनि दिगो र स्थायी हुन्छ ।”

बानियाँ माहुरीपालन विस्तार गर्ने तयारीमा छन् । कृषि कर्मबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछन् । कृषि विकास कार्यालयलगायत विभिन्न निकायबाट उनी पुरस्कृतसमेत भएका छन्  ।

सिंगा क्षेत्र ताजा तरकारी तथा फलफूलखेतीको पकेट क्षेत्र भएकाले किसानलाई कृषि उपकरण र सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए ।

“विदेश नगई आफ्नै ठाउँमा सम्भावना खोजेर सफल हुनुभएका तेजबहादुर व्यावसायिक किसानका लागि उदाहरण हुनुहुन्छ,” उनले भने, “उहाँको सङ्घर्ष, पेसाप्रतिको लगाव, निरन्तरता र इमान्दारिताबाट अरूले पनि प्रेरणा लिन सक्छन् ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा धक्का महसुस गरिएको भूकम्पको केन्द्र कहाँ ?

काठमाडौँमा धक्का महसुस गरिएको भूकम्पको केन्द्र कहाँ ?

ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ ।
एनभिडियाको सीईओमा फर्किए जेनसन हुआङ, ट्रम्प र मस्कले के भने ?

एनभिडियाको सीईओमा फर्किए जेनसन हुआङ, ट्रम्प र मस्कले के भने ?

टेक कम्पनी एनभीडियाले जेनसन हुआंगलाई पुनः कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। उनलाई कम्पनीको सञ्चालक समिति (बोर्ड) मा पनि फिर्ता गरिएको छ र यो नियुक्ति तत्काल...
काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण : थप दुई बन्दरगाहमा नेपालको पहुँच, १९५० को सन्धि पुनरावलोकनको बाटो खुल्यो

प्रधानमन्त्रीको भारत भ्रमण : थप दुई बन्दरगाहमा नेपालको पहुँच, १९५० को सन्धि पुनरावलोकनको बाटो खुल्यो

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममुखी सहकार्यको आधार तयार गरेको...