नेभिगेशन
समाज

जनादेश प्राप्त बालेन नेतृत्वको सरकार सफल बन्नुपर्छ, सबै दलले सघाउनुपर्छ :  विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहनगर मेचीनगर नगरपालिका–९ मा नवनिर्मित खानेपानी परियोजनाको आज उद्घाटन गर्दै उनले भने, 'नागरिकमा धेरै निराशा फैलिएको छ । आवेग, आक्रोश र निराशाले देशलाई दुःखद् अवस्थामा पुर्यायो । जनादेश प्राप्त प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा रहेको सरकार सफल बन्नुपर्छ ।'

Marvel
Extreme Energy

नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए । निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै वरिष्ठ उपसभापति शर्माले जनादेश पाएको सरकारलाई सबै दलले सघाउनुपर्ने बताए ।

जेनजी विद्रोह हुनुमा तत्कालीन सरकारले गरेको अत्यधिक बल प्रयोग पनि एउटा कारण रहेको उनको विश्लेषण छ । साथै, पुराना दलहरूले सुशासन कायम गर्न नसक्दा र नेतृत्वमा नयाँ अनुहार ल्याउन नसक्दा विद्रोहले मलजल पाएको वरिष्ठ उपसभापति शर्माले दाबी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाकिस्तानले साउदी अरबमा सेना पठाउने

पाकिस्तानले साउदी अरबमा सेना पठाउने

यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
शिक्षकलाई राजनीतिमा अवसर दिनुपर्छ : प्रचण्ड

शिक्षकलाई राजनीतिमा अवसर दिनुपर्छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।
चोभार सबस्टेसन सञ्चालनमा, उपत्यकामा विद्युत् माग व्यवस्थापन सहज

चोभार सबस्टेसन सञ्चालनमा, उपत्यकामा विद्युत् माग व्यवस्थापन सहज

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ । सो सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर...
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई सम्बोधन गर्ने गरी समयसापेक्ष, प्रविधिमैत्री र भूगोलअनुकूल कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।