नेभिगेशन
समाज

शिक्षकलाई राजनीतिमा अवसर दिनुपर्छ : प्रचण्ड

नारायणगढ (चितवन) । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल शिक्षक सङ्गठनको दशौँ एकता जिल्ला अधिवेशनको आज चितवनमा उद्घाटन गर्दै उनले शिक्षकको ज्ञान, अनुभव र क्षमतालाई राज्यले उपयोग गर्नुपर्ने बताए । उनले योग्य र इमानदार शिक्षकलाई निर्वाचन, राजनीतिक नियुक्ति तथा राष्ट्रिय जिम्मेवारीमा अवसर दिनुपर्ने धारणा राखे ।

Marvel
Extreme Energy

आफ्नो शिक्षण जीवन चितवनबाट सुरु भएको स्मरण गर्दै संयोजक दाहालले नवलपरासीको त्रिभुवनटार र गोरखाको आरुघाटमा  अध्यापन गरेको बताए । आरुघाटमा अध्यापनका क्रममा जिल्लाभरिकै उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएपछि आफ्नो राजनीतिक विचार र परिचय स्थापित गर्न सहयोग पुगेको उनको भनाइ थियो ।

शिक्षक जीवनका अनुभवले शिक्षा क्षेत्रका समस्या, शिक्षकको जिम्मेवारी र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको भूमिका बुझ्न सहयोग पुगेको उनले बताए । यही अनुभवका आधारमा प्रधानमन्त्रीका रूपमा तीनवटै कार्यकालमा शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिएको उनको भनाइ थियो ।

शिक्षक, प्राध्यापक तथा कर्मचारीको ज्ञान, अनुभव, इमानदारिता र क्षमतालाई देशको विकास तथा नीतिनिर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले जनतामाझ लोकप्रिय र इमानदार शिक्षकलाई निर्वाचन तथा अन्य राजनीतिक गतिविधिमा प्राथमिकता दिनुपर्ने बताए ।

“आफ्नो इमानदारिता, निष्ठा र सक्रियताका कारण जनतामाझ लोकप्रिय भएका शिक्षक साथीलाई निर्वाचन तथा अन्य क्रियाकलापमा प्राथमिकता दिनुपर्छ भनेर मैले सबैतिर भन्दै आएको छु”, उनले भने ।

उनले शिक्षकलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय भूमिकामा अवसर दिनुपर्ने उल्लेख गर्दै चितवनका वरिष्ठ शिक्षकलाई राष्ट्रिय तथा राजनीतिक जिम्मेवारी लिन तयार रहन आग्रह गरे । शिक्षकको अनुभव र क्षमताले देशको नेतृत्व तथा नीतिनिर्माणमा महत्वपूर्ण योगदान पुर्याउनसक्ने उनको विश्वास थियो ।

शिक्षकलाई आफ्नो अनुभव र क्षमताको सदुपयोग गर्दै सामाजिक तथा राष्ट्रिय भूमिकामा अघि बढ्न आग्रह गर्दै उनले त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाकिस्तानले साउदी अरबमा सेना पठाउने

पाकिस्तानले साउदी अरबमा सेना पठाउने

यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
जनादेश प्राप्त बालेन नेतृत्वको सरकार सफल बन्नुपर्छ, सबै दलले सघाउनुपर्छ :  विश्वप्रकाश शर्मा

जनादेश प्राप्त बालेन नेतृत्वको सरकार सफल बन्नुपर्छ, सबै दलले सघाउनुपर्छ :  विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
चोभार सबस्टेसन सञ्चालनमा, उपत्यकामा विद्युत् माग व्यवस्थापन सहज

चोभार सबस्टेसन सञ्चालनमा, उपत्यकामा विद्युत् माग व्यवस्थापन सहज

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ । सो सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर...
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई सम्बोधन गर्ने गरी समयसापेक्ष, प्रविधिमैत्री र भूगोलअनुकूल कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।