नेभिगेशन
सबै कुरा

११ वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि बि, सि, इ, एफ, र जि वर्ग  सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए । 

Ncell
Extreme Energy

बागलुुङमा हाल (ए) र (के)  वर्ग (दुुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।

“ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियाैँ”, उनले भने, “प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र ट्रायल सुुरु गर्ने तयारीमा छौँ ।”

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्टिच्यूटले बनाएको संरचना भाडामा लिएको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।

सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...