नेभिगेशन
सबै कुरा

शालिनका बाबु भन्छन् ‘मेरो छोरीमाथि अन्याय भयो’

काठमाडाैँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालीन पोखरेल फागुन १२ गते मृत भेटिइन् । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक स्थायी घर भएकी उनी  शनिबार बिहान आफ्नै स्कुलको होस्टलमा मृत भेटिएकी थिइन् । तर, उनको मृत्यु अस्वभाविक भएको भन्दै परिवारले निश्पक्ष छानबिनको माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

चितवन प्रहरीले घटनाको ४ दिनसम्म जाहेरी नै लिन नमानेपछि छोरीको पोष्टमार्टम रिपोर्ट पनि प्रभावित हुने डरले पोखरेल परिवारले शालीनको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ल्याएका छन् ।

बाबु दिपेन्द्र पोखरेलका अनुसार आफ्नो छोरीको गालामा २ वटा घाउ भेटिएको र यौनाङ्गमा चोट लागेको जानकारी त्रिवि स्थिति पोष्टमार्टममा खटिएका चिकित्सकले प्रारम्भिक जानकारी गराएका छन् । घटनास्थलको प्रकृति, जाहेरी लिन प्रहरीले गरेको आनाकानी र शिक्षण अस्पतालबाट प्राप्त सूचनाले आफ्नो छोरीको बलात्कारपछि हत्या गरिएको र प्रमाण नस्ट गरेर दोषी बचाउन राज्य संयन्त्र नै लागेको बाबु दिपेन्द्र पोखरेलको आरोप छ । 


सामाजिक सञ्जाल र अधिकरकर्मीहरुको दबाबपछि विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरिवेक्षक कमल शर्मा पौडेल विरुद्ध किटानी जाहेरीपछि उनीहरु पक्राउ परेका छन् ।

यही पृष्ठभूमीमा सिधाकुराले शालिनका बाबु दिपेन्द्रसँग घटनाबारे कुराकानी गरेका छौँ । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ । 

चितवनको रत्ननगर प्रहरी चौकीबाट मलाई फोन आयो । प्रहरीका इन्स्पेक्टर बताउने एक व्यक्तिले मलाई तपाईंको छोरी मृत भेटिइन् भने । उनको फोन लगत्तै म थचक्कै भुइँमा बसेँ । नगरपालिकाको १० नम्बर वडामा पर्ने एकता शिशु निकेतन विद्यालयको कक्षा–८ मा मेरो १३ वर्षीय छोरी शालिन पोखरेल अध्ययनरत थिइन् । २ वर्षदेखि सो होस्टलमा रहेकी उनको मृत्यु हामीलाई शंकास्पद लागेको छ । त्यस लगत्तै म र मेरो भाइसहित हामी चितवन पुग्यौँ । मैले काठमाडौँबाट जानुअघि भनेको थिएँ त्यो घटनास्थल जे जस्तो अवस्थामा छ केही नचलाउनु ।

काठमाडौंँबाट जाँदै गर्दा स्कुलका प्रिन्सिपलले मलाई फोन गरेका थिए । उनले मलाई कहाँ आइपुग्नु भयो भनेर सोधे । मैले जिउँदो छदाँ त सोधीखोजी गर्नु भएन अहिले किन गर्नु हुन्छ भनेर फोन काटेँ । हामी काठमाडौँबाट घटनास्थल पुग्दा मानिसहरु टन्नै जम्मा भएका थिए । म स्कुलको प्राङ्गणमा पुग्दा खुट्टा टेक्न पनि सकिरहेको थिइँन । म पुग्ने बित्तिक्कै प्रहरीले च्यानल गेट खोल्यो । नानीका सहपाठीहरु, रुम मेटहरु कोही पनि थिएनन् । नानी फेला परेको रुमको ढोका फोरिएको थियो । मैले नानीको रुममेट, विद्यालय प्रशासन, सिडियो र प्रहरी प्रशासन नगर प्रतिनिधि सबै बोलाउनुस् र मृत्युको कारण के हो बताउनुस् भनेर माग गरे । 

नानीको शरीरले भुइँ छोएको थियो । उनको जुत्ता र कपडा पानीमा भिजाइएको थियो । उनी रहेको कोठाको भुइँ सफा गरिएको थियो । यो कसरी भयो भनेर प्रश्न गर्दा प्रहरीले तपाईँ चुप लाग्नुस् भनेर भन्यो । हामीले घटनाको मुचुल्का गर्न दिन्न भन्यौँ । तर, छोरीको लागि न्याय माग्दा मेरो भाइलाई रत्ननगर लगेर थुनियो । भाइमाथि निर्घात कुटपिट गरियो । त्यहीँबाट भरतपुर चौकी पु¥याईयो । 

परिवारका सदस्य नआई कसैलाई छिर्न नदिनु भनेका थियौँ तर हामी नपुग्दै सबै कोठा खोलियो ।  केटीहरुको होस्टलसँगै पुरुष वार्डेन बस्ने गरेको देखियो । अन्ततः सबैतिर सीसीटीभी छ तर त्यहाँ मात्रै सीसीक्यामेरा छैन । त्यो कसरी भयो ? पहिले नानीहरु भएको ठाउँमा क्यामेरा थियो । तर, पछि क्यामेरा नभएको ठाउँमा नानीहरुलाई सारिएको रहेछ । यो कुरा हामीलाई  जानकारी नै दिइएन । यो सबै घटनाक्रम हेर्दा यो सुनियोजित रुपमा घटाइएको घटना हो । यस प्रकरणमा विस्तृत छानबिन गरिनुपर्छ भनेर हामीले माग गर्दा गर्दै चितवनको प्याब्सनले आत्महत्या भनेर विज्ञप्ति निकाल्यो । यो कुरा उसले कसरी भन्न सक्यो । घटना भएपछि हामीलाई नानीका सहपाठीलाई समेत भेट्न दिइएको छैन । उनीहरु सबैजना कहाँ छन् थाहा छैन । हामीलााई किन यस्तो गरियो भन्ने पनि थाहा छैन् ।

हामीले प्रहरी कार्यालयमा घटनाको छानबिनका लागि जाहेरी दिन गयौँ । तर, प्रहरीले माथिको आदेश भन्दै जाहेरी लिन मानेन । जाहेरीमा नाम उल्लेख भएकाको नाम हटाउन चितवन प्रहरीले रातो कलमले घेरा नै लगाएको छ । यस्तै हो न्याय ? घटना गुपचुप लुकाउन खोजिएपछि हामीले छोरीको पोष्टमार्टम रिर्पोट काठमाडौंमा गराउने भनेर शव काठमाडौँ नै लिएर आएका छौँ । त्रिवि शिक्षण अस्पतालमा भएको पोष्टमार्टम रिपोर्टमा मृत्युको एकदेखि डेढ घण्टाअघि र पछि गालामा चिमोटिएको घाउ देखिएको र यौनाङ््गमा आलो घाउ रहेको जानकारी अस्पताललले हामीलाई मौखिक रुपमा गराएका छन् । 

मेरो १३ वर्षिय छोरीमाथि यो सबै कसरी भयो ? चितवन प्रहरीले यो घटना किन लुकाउन खोज्यो ? यसको जिम्मा कसले लिने ? प्रहरीले ४ दिनसम्म जाहेरी दर्ता गर्न नमान्नुको पछाडीको कारण के थियो । पटक पटक न्यायको माग गर्दा पनि माथिको आदेश भन्दै जाहेरी नलिनु गम्भिर अपराध हो । हाम्रो छोरीको न्यायको लडार्इँमा हामी सबैको साथ खोजिरहेका छौँ । 

(पोखरेलसँग गरिएकाे भिडियो कुराकानीमा आधारित)


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खण्डहर बनेकाे भृकुटी कागज कारखाना(तस्बिरहरू)

खण्डहर बनेकाे भृकुटी कागज कारखाना(तस्बिरहरू)

उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको अभाव, उत्पादन लागतमा निरन्तर वृद्धि, पुराना मेसिन तथा प्रविधिको समयअनुकूल आधुनिकीकरण हुन नसक्नु, व्यवस्थापनको कमजोरी, आर्थिक संकट तथा सस्तो आयातित कागजसँग प्रतिस्पर्धा...
ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

तत्कालिन मेयर बालेन शाह पनि आचार्यको मृत्युमा शोकाकुल हुँदै स्टाटस लेखेका थिए, ‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्...
प्रिय बचेरा तिमीहरूलाई नयाँ संसारमा स्वागत छ ! (तस्बिरकथा)

प्रिय बचेरा तिमीहरूलाई नयाँ संसारमा स्वागत छ ! (तस्बिरकथा)

भर्खरै परेको पानीका थोपा उसका प्वाँखमा अडिएका छन् । अब उसले छाड्नु पर्नेछ जीर्ण हुँदै गरेको गुँड । छाड्नु पर्ने छ, आफूसँगै हुर्केका चिरविर गर्दै काका गर्न सिकेका...

भर्खरै