नेभिगेशन
समाज

ओलीसँग अस्पतालमा प्रचण्डको ३० मिनेट भेट

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अस्पताल पुगेर भेटेका छन् । 

एमाले नेता पद्यमा अर्यालका अनुसार प्रचण्ड बिहीबार साँझ ५ बजे टिचिङ अस्पतालमा पुगेर ओलीसँग ३० मिनेट भेट गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा पत्थरीको अपरेसनपछि आराम गरिरहेका ओलीलाई स्वास्थ्य लाभका कामना गरेर प्रचण्ड फर्किएको बताइएको छ । 

Ncell
Extreme Energy

नेकपा र एमालेका शीर्ष नेताहरूबिच अनौपचारिक संवादपछि प्रचण्ड ओलीलाई भेट्न अस्पताल पुगेको नेकपाका एक शीर्ष नेताले बताए । 

उनका अनुसार केही दिन देखि दुवै तर्फका शीर्ष नेताहरू संवादमा थिए । ओली र प्रचण्डको भेट औपचारिकताका लागि मात्रै नभएको बताइएको छ । 

'एमालेका साथीहरूसँग पनि संवाद भइरहेको थियो, सोही अनुसार नेकपा भित्र पनि धेरै छलफल गरेर नै ओलीलाई संयोजक ज्यूले नै भेट्ने कुरा भएको हो, थप कुराकानी कसरी अघि बढाउने भन्ने विषय अब तय होला', नेकपा नेताले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’