नेभिगेशन
सबै कुरा

चाेरीकाे माेटरसाइकल प्रहरीले चाेरीमा संलग्नलाई नै बेचिदिएपछि ...

कैलाली । माघ ३ गते बुधबार राति कैलालीको घोडाघोडी नगरपालिका–७, हरिनगरका थानेश्वर चौधरीको से.७ प ६४४ नम्बरको मोटरसाइकल घरबाटै चोरी भयाे । मोटरसाइकल चोरी भएपछि खोजीकार्यका लागि भन्दै अस्थाई प्रहरी पोष्ट हरिनगरमा चौधरीले निवेदन दिए । चाैधरीले दिएकाे निवेदनका आधारमा प्रहरीले शुक्रबार मोटरसाइकलसहित दुई जना पक्राउ परे । पक्राउ पर्नेमा घाेडाघाेडी नगरपालिकाका  विवेक गिरी र याेगेश खत्री थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोटरसाइकलसहित पक्राउ परेका दुबै जनाविरुद्ध माेटरसाइकल धनी चौधरीले उजुरी दर्ता गराउन जाँदा प्रहरीले उजुरी दर्ता गर्न मानेन । प्रहरीले आकाश ठकुरी, सुनिल बस्नेत, मिलन परियार, निरज शाहीकाे नाममा उजुरी दिन भन्याे । तर चाैधरीले माेटरसाइकल विवेकले चलाएकाे र उनीसँग याेगेश देखिएकाेले उनीहरुकै नाममा उजुरी दर्ता हुनुपर्ने र त्यसपछि अनुसन्धानमा अरुकाे पनि संलग्नता देखिए कारबाही हुनुपर्ने तर्क गरे । तर प्रहरीले चाेरीको मोटरसाइकल चलाउँदैमा कोही कसैलाई चोर हो भन्न नमिल्ने भन्दै, इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र वीर विश्वकर्माले उल्टै माेटरसाइकल धनीलाई थर्काए ।

Ncell
Extreme Energy

प्रहरीले मोटरसाइकलसहित पक्राउ परेका दुई जनाविरुद्ध पाँच दिनसम्म पनि प्रहरीले उजुरी दर्ता गर्न मानेन । प्रहरीले नमाने पछि अन्ततः नगद एक लाख ९० हजार क्षतिपूर्ति दिने र मोटरसाइकल चाेरीमा संलग्नहरुले नै लिने गरी प्रहरीले दुई पक्षलाई सहमतीमा ल्याउँदै कागज गराएको चौधरीले सिधाकुरासँग बताएका छन् । चोरीको मोटरसाइकलसहित पक्राउ परेका विवेक र याेगेशले उक्त बरामद मोटरसाइकल एक हप्ता पहिलेदेखि प्रयोग गरिरहेको विभिन्न ठाउँका सीसीटीभी फुटेजहरुमा देखिएकाे छ । 

मोटरसाइकलको वस्तविक स्वरुप र नम्बर समेत परिवर्तन गरी चोरीमा संलग्नहरुले से ७ प ६०४५ नम्बर राखेर चलाएको अवस्थामा  पहिलो पटक फागुन ३ गते बिहिवार घोडाघोडीको एक अस्पताल नजिकै सीसीटीभी फुटेजमा तीन जना देखिएका थिए ।  तिनैका मध्येका दुई जनालाई प्रहरीले शुक्रबार पेट्रोल पम्पमा इन्धन भर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । तर, प्रहरीले घटना मिलाउन पीडितले उजुरी दिएको पाँच दिनसम्म पनि दर्ता नगरेको हो । 

चैत्र २ गतेभित्र चोरीमा संलग्नहरुले मोटरसाइकल धनीलाई एक लाख ९० हजार नगद रुपैयाँ दिने र मोटरसाइकल चोर पक्षले नै लिने गरी घोडाघोडी नगरपालिका ५ का वडा अध्यक्ष लोक बहादुर चन्दको रोहवरमा मोटरसाइकल धनी र चोरीमा संलग्नहरुको आफन्तबीच प्रहरीले कागजी सहमती गराएर चोरीमा संलग्नहरुलाई छोडेको मोटरसाइकल धनी चौधरीले बताए ।  

तर इलाका प्रहरी कार्यालयमा कुनै सहमतीको कागज नभएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक विरेन्द्र वीर विश्वकर्माको भनाई छ । उनी भन्छन् “अरुसँग मागेर केटाहरुले मोटरसाइकल चलाएको सही हो । तर, चोरीको मोटरसाइकल चलाउँदैमा कसैलाइ चोर भनेर उजुरी दर्ता गर्न खोजेपछि आफुले नै दर्ता गर्न नमानेको हुँ।” चोरीको मोटसाइलसहित पक्राउ पर्नु र हप्ता दिनदेखि उनीहरुले किन मागेको मोटरसाइकल चलाएका होलान ? भन्ने प्रश्नमा उनी भन्छन्, “चोरहरु साथी भएकाले घरमै लिएर राखेपछि दुई जनाले रहर गरेर चलाएको भन्ने छ ।” 

त्यस्तै, एक पटक सुध्रिने मौका दिनुपर्यो भनेपछि आफ्नो रोहवरमा इलाका प्रहरी कार्यालयले प्रकाउ परेका व्यक्तिहरुलाई छोडेको घोडाघोडी नगरपालिका ५ का वडा अध्यक्ष लोकबहादुर चन्दले बताए। “उनीहरु छुटेको कुरा सत्य हो । प्रहरीको हातमा कागज छ, मोटरसाइकल धनी चौधरी आफ्नै वडाको भएकाले उसको सजिलोको लागि आफु साक्षी बसेको हुँ । चैत्र २ गतेभित्र नगद रुपैयाँ दिने र सो चोरी भएको मोटरसाइकल उनीहरुले नै लिने सहमति प्रहरीसामु भएको छ ।” वडा अध्यक्ष चन्दले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कार्ड बाँड्न थालियो, मंगलबार बन्दसत्र

कार्ड बाँड्न थालियो, मंगलबार बन्दसत्र

सोमबार साँझ ७ बजेपछि महाधिवेशन प्रतिनिधिहरुलाई कार्ड बाँड्न थालिएको हो । प्रिन्ट भइसकेका कार्ड सोमबार रातिसम्म बाँडिने र बाँकी कार्ड रातभरमा छापेर मंगलबार बिहान बाँडिने निर्वाचन आयोगले जनाएको...
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना  सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्।
बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
पासपोर्ट छपाइ काण्डमा कस-कसलाई मुद्दा ? (अख्तियारको विज्ञप्तिसहित)

पासपोर्ट छपाइ काण्डमा कस-कसलाई मुद्दा ? (अख्तियारको विज्ञप्तिसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध २ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।