नेभिगेशन
सबै कुरा

चाेरीकाे माेटरसाइकल प्रहरीले चाेरीमा संलग्नलाई नै बेचिदिएपछि ...

कैलाली । माघ ३ गते बुधबार राति कैलालीको घोडाघोडी नगरपालिका–७, हरिनगरका थानेश्वर चौधरीको से.७ प ६४४ नम्बरको मोटरसाइकल घरबाटै चोरी भयाे । मोटरसाइकल चोरी भएपछि खोजीकार्यका लागि भन्दै अस्थाई प्रहरी पोष्ट हरिनगरमा चौधरीले निवेदन दिए । चाैधरीले दिएकाे निवेदनका आधारमा प्रहरीले शुक्रबार मोटरसाइकलसहित दुई जना पक्राउ परे । पक्राउ पर्नेमा घाेडाघाेडी नगरपालिकाका  विवेक गिरी र याेगेश खत्री थिए । 

मोटरसाइकलसहित पक्राउ परेका दुबै जनाविरुद्ध माेटरसाइकल धनी चौधरीले उजुरी दर्ता गराउन जाँदा प्रहरीले उजुरी दर्ता गर्न मानेन । प्रहरीले आकाश ठकुरी, सुनिल बस्नेत, मिलन परियार, निरज शाहीकाे नाममा उजुरी दिन भन्याे । तर चाैधरीले माेटरसाइकल विवेकले चलाएकाे र उनीसँग याेगेश देखिएकाेले उनीहरुकै नाममा उजुरी दर्ता हुनुपर्ने र त्यसपछि अनुसन्धानमा अरुकाे पनि संलग्नता देखिए कारबाही हुनुपर्ने तर्क गरे । तर प्रहरीले चाेरीको मोटरसाइकल चलाउँदैमा कोही कसैलाई चोर हो भन्न नमिल्ने भन्दै, इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र वीर विश्वकर्माले उल्टै माेटरसाइकल धनीलाई थर्काए ।

CG

प्रहरीले मोटरसाइकलसहित पक्राउ परेका दुई जनाविरुद्ध पाँच दिनसम्म पनि प्रहरीले उजुरी दर्ता गर्न मानेन । प्रहरीले नमाने पछि अन्ततः नगद एक लाख ९० हजार क्षतिपूर्ति दिने र मोटरसाइकल चाेरीमा संलग्नहरुले नै लिने गरी प्रहरीले दुई पक्षलाई सहमतीमा ल्याउँदै कागज गराएको चौधरीले सिधाकुरासँग बताएका छन् । चोरीको मोटरसाइकलसहित पक्राउ परेका विवेक र याेगेशले उक्त बरामद मोटरसाइकल एक हप्ता पहिलेदेखि प्रयोग गरिरहेको विभिन्न ठाउँका सीसीटीभी फुटेजहरुमा देखिएकाे छ । 

मोटरसाइकलको वस्तविक स्वरुप र नम्बर समेत परिवर्तन गरी चोरीमा संलग्नहरुले से ७ प ६०४५ नम्बर राखेर चलाएको अवस्थामा  पहिलो पटक फागुन ३ गते बिहिवार घोडाघोडीको एक अस्पताल नजिकै सीसीटीभी फुटेजमा तीन जना देखिएका थिए ।  तिनैका मध्येका दुई जनालाई प्रहरीले शुक्रबार पेट्रोल पम्पमा इन्धन भर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । तर, प्रहरीले घटना मिलाउन पीडितले उजुरी दिएको पाँच दिनसम्म पनि दर्ता नगरेको हो । 

चैत्र २ गतेभित्र चोरीमा संलग्नहरुले मोटरसाइकल धनीलाई एक लाख ९० हजार नगद रुपैयाँ दिने र मोटरसाइकल चोर पक्षले नै लिने गरी घोडाघोडी नगरपालिका ५ का वडा अध्यक्ष लोक बहादुर चन्दको रोहवरमा मोटरसाइकल धनी र चोरीमा संलग्नहरुको आफन्तबीच प्रहरीले कागजी सहमती गराएर चोरीमा संलग्नहरुलाई छोडेको मोटरसाइकल धनी चौधरीले बताए ।  

तर इलाका प्रहरी कार्यालयमा कुनै सहमतीको कागज नभएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक विरेन्द्र वीर विश्वकर्माको भनाई छ । उनी भन्छन् “अरुसँग मागेर केटाहरुले मोटरसाइकल चलाएको सही हो । तर, चोरीको मोटरसाइकल चलाउँदैमा कसैलाइ चोर भनेर उजुरी दर्ता गर्न खोजेपछि आफुले नै दर्ता गर्न नमानेको हुँ।” चोरीको मोटसाइलसहित पक्राउ पर्नु र हप्ता दिनदेखि उनीहरुले किन मागेको मोटरसाइकल चलाएका होलान ? भन्ने प्रश्नमा उनी भन्छन्, “चोरहरु साथी भएकाले घरमै लिएर राखेपछि दुई जनाले रहर गरेर चलाएको भन्ने छ ।” 

त्यस्तै, एक पटक सुध्रिने मौका दिनुपर्यो भनेपछि आफ्नो रोहवरमा इलाका प्रहरी कार्यालयले प्रकाउ परेका व्यक्तिहरुलाई छोडेको घोडाघोडी नगरपालिका ५ का वडा अध्यक्ष लोकबहादुर चन्दले बताए। “उनीहरु छुटेको कुरा सत्य हो । प्रहरीको हातमा कागज छ, मोटरसाइकल धनी चौधरी आफ्नै वडाको भएकाले उसको सजिलोको लागि आफु साक्षी बसेको हुँ । चैत्र २ गतेभित्र नगद रुपैयाँ दिने र सो चोरी भएको मोटरसाइकल उनीहरुले नै लिने सहमति प्रहरीसामु भएको छ ।” वडा अध्यक्ष चन्दले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...