नेभिगेशन
सबै कुरा

औसतबाट माथि उठ्न सत्ता गठबन्धन फेर्नुपर्यो -प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औसत काम गराइबाट माथि उठ्न सत्ता गठबन्धन फेरिएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारको काम गराई औसत भन्दा माथि उठ्न नसकेको महसुस गरेपछि गठबन्धनमा पटक पटक भन्दा पनि सुनवाई नभएको दाहालले बताए । 

Extreme Energy

आफू प्रधानमन्त्रीको रुपमा फोटो झुन्ड्याउन मात्रै न आएको भन्दै उनले एक वर्षमा भएको कामबाट आफू सन्तुष्ट नभएको आरोप लगाए । 

गठबन्धन भित्रै कांग्रेसबाट असहयोग महसुस भएको पनि उनले बताए ।  ‘म काम गर्न आएको हुँ, मैले पटक पटक काम भएन भनेर भने तर सुनवाई भएन,’ प्रधानमन्त्री दाहालले थपे, ‘गठबन्धन भित्रै रहेर पनि हामीलाई धोका भयो । त्यसकारण नयाँ गठबन्धनमा जानु पर्ने अवस्था आयो ।’

प्रधानमन्त्री दाहालले नयाँ बनेको गठबन्धनले जनताको चाहना पुरा गर्ने दाबी गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...