नेभिगेशन
सबै कुरा

भारतीय खेलाडीले नेपाली खेलाडीलाई लगाईदिए मेडल

१९ भदौ, काठमाडौं । एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई भारतका स्टार खेलाडी र कोचले मेडल लगाईदिएका छन् । नेपाल भारतबीचको खेल सकिएपछि ड्रेसिङ रुममा नेपालका ओपनर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीलाई भरतीय खेलाडी र प्रशिक्षककले मेडल लगाईदिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतका स्टार ब्याटर विराट कोहलीले आसिफ शेखलाई, हार्दिक पाण्ड्याले सोमपाल कामीलाई र प्रशिक्षक राहुल द्रविडले दिपेन्द्रसिंह ऐरीलाई मेडल लगाईदिएका थिए । 

Ncell
Extreme Energy

नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा मोन्दी देसाई नियुक्त भएसँगै उनले ड्रेसिङ रुमलाई ह्यापी बनाउनुपर्ने भन्दै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल लगाईदिन सुरु गरेका छन् । सोही अनुसार प्रशिक्षक मोन्दी देसाईले भारतका खेलाडी र प्रशिक्षकको हातबाट नेपाली खेलाडीलाई मेडल लगाईदिएका हुन् । 

श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङमा उत्रेको नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाएका थिए । 

दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । तर खेलको दोस्रो इनिङमा नेपालले राम्रो प्रदर्शन सकेन । एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो । 

खेल हारेपनि उम्दा प्रदर्शन गरेका नेपाली खेलाडीको सर्वत्र प्रशंसा भईरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...