नेभिगेशन
सबै कुरा

भारतीय खेलाडीले नेपाली खेलाडीलाई लगाईदिए मेडल

१९ भदौ, काठमाडौं । एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई भारतका स्टार खेलाडी र कोचले मेडल लगाईदिएका छन् । नेपाल भारतबीचको खेल सकिएपछि ड्रेसिङ रुममा नेपालका ओपनर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीलाई भरतीय खेलाडी र प्रशिक्षककले मेडल लगाईदिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतका स्टार ब्याटर विराट कोहलीले आसिफ शेखलाई, हार्दिक पाण्ड्याले सोमपाल कामीलाई र प्रशिक्षक राहुल द्रविडले दिपेन्द्रसिंह ऐरीलाई मेडल लगाईदिएका थिए । 

Extreme Energy

नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा मोन्दी देसाई नियुक्त भएसँगै उनले ड्रेसिङ रुमलाई ह्यापी बनाउनुपर्ने भन्दै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल लगाईदिन सुरु गरेका छन् । सोही अनुसार प्रशिक्षक मोन्दी देसाईले भारतका खेलाडी र प्रशिक्षकको हातबाट नेपाली खेलाडीलाई मेडल लगाईदिएका हुन् । 

श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङमा उत्रेको नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाएका थिए । 

दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । तर खेलको दोस्रो इनिङमा नेपालले राम्रो प्रदर्शन सकेन । एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो । 

खेल हारेपनि उम्दा प्रदर्शन गरेका नेपाली खेलाडीको सर्वत्र प्रशंसा भईरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।