नेभिगेशन
सबै कुरा

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

१९ भदौ, काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन ९स्वचालित प्रणाली० लागू गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेस गरिने कागजात स्वचालित प्रणालीमार्फत सम्पादन हुनेछन् । त्रिवि केन्द्रीय कार्यालयमा सो प्रणाली गत साउन १ गतेदेखि नै लागू भएको थियो । हालसम्म पाँच सय २९ युजर आइडी कार्यान्वयनमा छन् ।

Extreme Energy

विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले कीर्तिपुरस्थित रजिष्ट्रार कार्यालयमा स्वचालित प्रणालीको विधिवत शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले त्रिविलाई कागजविहीन प्रशासनका रुपमा स्तरोन्नति गर्ने आफ्नो महत्वपूर्ण लक्ष्य पूरा भएको उल्लेख गर्दै प्रविधि कार्यालयको अनिवार्य जीवन प्रणाली बनिसकेकाले सेवा प्रणालीलाई थप व्यवस्थित, सृदृढ र प्रभावकारी बनाउन कार्यालय स्वचालित प्रणाली सफल हुने अपेक्षा व्यक्त गरे । अत्याधुनिक प्रविधिको प्रयोगलाई बढावा दिई तीव्र गतिको इन्टरनेट सुविधासमेत व्यवस्था गरी सेवाग्राहीलाई छिटोछरितो सेवामार्फत सन्तुष्ट बनाउन उपकुलपति बास्कोटाले निर्देशन दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...