नेभिगेशन
सबै कुरा

समग्र आर्थिक सूचक सकारात्मक -राष्ट्र बैंक

काठमाडौँ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ । सरकारले चालु आवका लागि मुद्रास्फीति छ दशमलन पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

Ncell
Extreme Energy

सात महिना अवधिमा आयात दुई दशमलव तीन, निर्यात सात दशमलव एक र कुल वस्तु व्यापार घाटा एक दशमलव आठ प्रतिशतले घटेको छ । यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव छ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव एक प्रतिशतले बढेको छ । त्यसैगरी, शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ ।

कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब ४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । सात महिना अवधिको सरकारको खर्च रु छ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु पाँच खर्ब ६७ अर्ब ४० करोड रहेको छ ।

यो अवधिमा विस्तृत मुद्राप्रदाय सात प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३ दशमलव सात प्रतिशतले बढेको छ ।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले बढेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव सात प्रतिशत रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले वित्तीय सुशासन कायम राख्न निर्मम बनेका छन् । सरकारी बजेटको दुरुपयोग रोक्न उनले नयाँ उपायहरु अवलम्बन गरेका छन् ।