नेभिगेशन
सबै कुरा

लोडसेडिङका कारण क्याम्पसमा पढाउनै समस्या

१९ भदौ, हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्युत जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाई सञ्चालन गर्न  मोबाइलको टर्च बाल्नु पर्ने अबस्था आइपरेको  क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताए । हिल्दुम विद्युत् वितरण केन्द्रले लोड सेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ छ। 

Extreme Energy

बिहान ६ बजेदेखि  पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनु परेको छ । प्राध्यापक शर्माले भने, ‘यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ । आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र  विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ । क्याम्पसमा चार वटा कक्षा यसरी नै चल्दै आएका छन् ।’

सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोज्न नसकिएको क्याम्पस प्रमुख प्रमुख दीपक भण्डारीको भनाइ छ। उक्त वितरण केन्द्रलाई लोडसेडिङको समय तालिका हेरफेरका लागि अनुरोध गर्दा नसकिने जवाफ आएको उनले बताए। उक्त क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ । 

स्ववियुको निर्वाचन पछि उक्त क्याम्पसमा नियमित पठनपाठन भइरहे पनि अँध्यारोका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गरे । शिक्षकलाई पनि पढाउन समस्या छ, हामीलाई पनि समस्या बनाएको उनको भनाइ छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...