नेभिगेशन
सबै कुरा

सुन तस्करीमा पूर्वआइजीपी धिरज प्रताप सिंह पनि दोषी

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वआइजीपी धिरज प्रताप सिंहको संलग्नता पुष्टि भएको छ । सुन तस्करी छानबिन गर्न गठित आयोगले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सिंहलाई कारबाही गर्न सिफारिस गरिएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग नियमित सम्पर्कमा सिंह रहेकाेबारे सिधा कुराले १७ भदाैमा विशेष खुलासा गरेको थियो ।  ‘नेपाल प्रहरीका पूर्व आइजीपी सिंह पनि तस्करीमा दोषी देखिएका छन्’ मन्त्रालय उच्च स्रोत भन्छ, ‘सुन तस्करीमा संलग्न दोषीबारेको विभिन्न ७ फरक विधामा गरिएको वर्गीकरणमा सिंहको नाम पनि सिफारिस गरिएको छ।’

Extreme Energy
citizen life

सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका थिए । तर, प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूराेले सिंहलाई अनुसन्धानकाे दायरामा ल्याएकाे थिएन । प्रहरीकाे विधिविज्ञान प्रयोगशालामा गरिएको दावा छिरिङको मोबाइलको फरेन्सिक परीक्षण रिपोर्टमा दावा र सिंहबीचकाे कुराकानी फेला परेका थिए ।

२०७९ वैशाख १८ मा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक बनेका सिंह र दावाबीच एक डेढ वर्ष अघिदेखि सम्बाद हुने गरेको सिधाकुरालाई प्राप्त विवरणमा उल्लेख थियाे । 


नेपालमा कल बाइपास, अनलाइनमार्फत भारतीय नागरिकलाई ठगी जस्ता अपराधमा संलग्न दावासँग दावा प्रहरीको फरार सूचीमा रहेकै बेला सिंहसँग प्रत्यक्ष संवादमा थिए । सिंह प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रमुख हुँदादेखि सुरु भएको संवाद आईजीपी हुँदासम्म निरन्तर रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ ।

फरार अपराधीसँग धीरजको संवाद

२०७९ साउन ११ मा सिधाकुरा टिमले ठमेलको भियाना होटलमा दावा छिरिङको समूहले चलाएको कल सेन्टरमा ‘स्टीङ अपरेसन’ गरेका थियो । 

हाम्रो स्टीङ अपरेशनपछि होटल भियनाबाट ४ जना चिनियाँ पक्राउ परेका थिए । त्यतिबेला प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ परेकालाई मुद्दा चलायो भने होटलका सञ्चालक दावा छिरिङलाई भने फरार सूचीमा राख्यो ।

अपराध महाशाखाले फरार सूचीमा राखेको दावा भने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोका तत्कालिन प्रमुख धीरज प्रताप सिंहसँग प्रत्यक्ष संवादमा थिए ।  

तत्कालिन डीआइजी धीरज प्रताप सिहं तत्कालिन २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट २०७८ असार ७ गतेबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको नेतृत्व गर्न आए । सीआईबी उच्च स्रोत भन्छ, ‘त्यसपछि दावासँग निरन्तर संवाद देखिन्छ । प्रहरीको प्रणालीमै फरार अपराधीको सूचीमा रहेको मानिससँग निरन्तर त्यो पनि निकै घनिष्ट संवाद आफैँमा शंकास्पद छ ।’

ह्वाट्सएप संवादमा उनीहरु दाजु भाई बनेर खुशी साटासाट गरिरहेका र कयौं पटक भेट गरिरहेको देखिने गरेको अधिकारीहरु बताउँछन् । सीआईबी स्रोतका अनुसार सिंहले दावालाई पटक पटक आफैँ फोन गरेको समेत देखिएको छ ।

यस्तो छ धीरज प्रताप सिंह र दावाको कुराकानी:

२०७८ माघ २८ अर्थात, २०२२ फेब्रुअरी ११ मा दावाले ‘दाई नमस्ते, कङ्ग्राचुलेसन दाई, म दावा’ भन्दै म्यासेज पठाउँछन् ।

स्रोतका अनुसार उनीहरुको संवाद ह्वासएप, वी–च्याट भन्दा पहिले अन्य माध्यबाट समेत हुने गरेको दावाले अनुसन्धानका क्रममा खुलाएका छन् ।

दावाको म्यासेजको जवाफ धीरज प्रताप सिंहले तुरुन्तै फर्काउँछन् । भन्छन् ‘धन्यवाद भाई , के छ हालखबर ?’

त्यस लगत्तै दावाले जवाफ फर्काउँछन्, ‘सबै ठिक छ दाई ।’

दावाले फेरी लेख्छन्, ‘ह्वेन यू आर फ्री प्लीज डु कल मी । देन वी क्यान मिट ।’ अर्थात, ‘कतिबेला फुर्संद हुन्छ, मलाई कल गर्नुहोला । त्यसपछि हामी भेट्न सक्छौँ’ भन्दै दावाले म्यासेज पठाउँछन् ।

धीरज प्रतापले तत्कालै स्वीकार गर्दै लेख्छन् : ‘ओके’ (हुन्छ)

फेरि २०७८ चैत १७ गते अर्थात २०२२ मार्च ३१ का दिन धीरज प्रताप सिंहको डीआइजीबाट एआईजीमा बढुवा हुन्छ । त्यसको साँझ एआईजी धीरजको दावासँग फेरि संवाद हुन्छ ।

दावा लेख्छन् ‘दाई कंग्राचुलेन्स’ अर्थात ‘बधाई छ दाई ।’

र यस अघि भेट्ने योजना बनाएर भेट्न नपाएको कारण खुलाउँदै दावा लेख्छन् ‘दाई हजुर बीजी हुनुभाकोले नभेटेको ।’

यसका जवाफमा धीरजले ‘धन्यवाद ! दावा भाई ।’ भन्दै जवाफ पठाउँछन् ।

लगत्तै दावाले अर्को म्यासेज लेख्छन्, ‘अब हजुरको कुन दिन समय हुन्छ, त्यसपछि भेट्नु प¥यो । (इम्पोर्टेन्ट) काम छ ।’

त्यसको भोलिपल्ट २०२२ अप्रिल १ अर्थात २०७८ चैत १८ गते दावालाई एआइजी धीरज प्रताप सिहंले कल गर्छन् तर दावाले उठाउँदैनन् ।

केही बेरपछि दावाले धीरजलाई म्यासेज पठाउँछन्, ‘दाई सरी मोबाइल चार्जमा थियो । म घरमा छु ।’

यो संवादले दावा र धीरजको सम्बन्ध एक दुई दिनको होइन भन्ने स्पष्ट पार्छ ।

उनीहरुको संवादको श्रृङ्खला यतिमा मात्रै सिमित छैन ।

२०७८ चैत ३० अर्थात २०२२ अप्रिल १३ मा दावाले फेरि ‘हेप्पी न्यु इएर दाई’ भन्दै म्यासेज पठाउँछन् ।

जवाफमा धीरजले ‘थ्याङ्स, सेम टु यू भाई’ भन्ने जवाफ फर्काएका छन् ।

त्यसको केही समय पछि २०७९ बैशाख १२ अर्थात २०२२ अप्रिल १५ मा दावाले धीरजलाई म्यासेज पठाउँछन् । उनि लेख्छन्, ‘दाई नमस्ते, आई वान्ट टु विस यू अ भेरी ह्यापी न्यू इएर । क्यान वी मीट प्लीज ! इन्फर्म मी ह्वेन यू आर फ्री । एज सुन एज पोसिबल । धन्यवाद ।’

अर्थात

‘दाई नमस्ते, म तपाईंलाई नयाँ वर्षको धेरै धेरै शुभकामना दिन चाहन्छु । हामी भेट्न सक्छौँ ? कृपया तपाई फुर्सदमा भएको समयमा मलाई खबर गर्नुहोला । जतिसक्दो चाँडो । धन्यवाद ।’


१८ वैशाख २०७९ मा धीरज प्रताप सिंह नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त भए । कांग्रेस र माओवादी गठबन्धनको सरकारमा सिंहलाई  आइजीपी नियुक्त गर्न तत्कालिन प्रधानमन्त्री पत्नी आरजु देउवाले महत्वपूर्ण भूमिका खेलेको जानकारहरु बताउँछन् । प्रहरी प्रमुख भएपछि पनि फरार सूचीमा रहेका दावासँग सिंहको बाक्लो कुराकानी हुने गरेको सीआईबी स्रोत बताउँछ ।  

धीरज र दावाको संवाद यति मात्रै होइन उनिहरुको सम्पर्क पहिले देखिनै भएको देखिएको अनुसन्धान अधिकारी बताउँछन् । दावाको मोबाईल फरेन्सिक रिपोर्टबाट प्राप्त दावा र धीरजको संवादको विस्तृत विवरण केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको अनुसन्धान फाइल भित्रै छ । धीरज र दावाको संवादको ‘ओरिजिनल कपी’ सिधाकुरासँग सुरक्षित छ । सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोकाअनुसार दावासंगको सम्पर्कमा रहेकाहरु सबै अनुसन्धानको घेरामा तानिएका छन् ।

के भनेका थिए धीरज प्रताप ?


दावासँगको संवादबारे जानकारी माग्न हामीले निवर्तमान प्रहरी प्रमुख सिंहलाई फोन गरेका थियौँ । सिधाकुरासँगको संक्षिप्त कुराकानीमा उनले सीआईबीले अनुसन्धान गरिरहेको विषयमा नबोल्ने बताए ।

दावासँगको सम्बन्ध के हो ? भन्ने प्रश्नमा उनले भने ‘सीआईबीले अनुसन्धान गरिरहेको विषयमा के बोल्नु ? उतै सोध्नुस्’, भन्दै उनले चटक्क फोन काटे । हामीले पुनः उनलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गर्याैँ तर उनी हाम्रो सम्पर्कमा आएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो । उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए।...
आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे एक साताअघि पक्राउ परे । उनीसँगै भिषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवा प्रालिका सञ्चालक अमृत बोहरा पनि समातिएका छन् ।...
रिंकुकुमारी हत्या प्रकरणः वडा सदस्यसहित १४ जनालाई कैद सजाय

रिंकुकुमारी हत्या प्रकरणः वडा सदस्यसहित १४ जनालाई कैद सजाय

मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको अदालतका...
२४ घण्टाको अवधिमा २ हजार ४८९ सवारी चालक ट्राफिक कारबाही

२४ घण्टाको अवधिमा २ हजार ४८९ सवारी चालक ट्राफिक कारबाही

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही...