नेभिगेशन
सबै कुरा

एनआरएनएले पाउने भए नागरिकता

२० भदाै, काठमाडौं - गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली सरकारले स्वीकृत गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकता नियमावली मन्त्रिपरिषदबाट पारित भएसँगै गैरआवासीय नेपाली (एनआरएन) ले पनि नेपाली नागरिकता पाउने भएका छन् ।

Extreme Energy

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै नागरिकता ऐन, २०६३ संशोधन भएको थियो ।

ऐन जारी भएलगत्तै २०७२ भन्दा अघि जन्मका आधारमा नेपालमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने विषय कार्यान्वयनमा गएको थियो तर उक्त नियमावली नहुँदा अन्य नयाँ प्रावधान भने रोकिएका थिए ।

तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेसँगै एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।

मन्त्रिपरिषदबाट उक्त नियमावली पारित भएपनि यसको औपचारिक जानकारी भने सरकारले सार्वजनिक गरेको छैन ।

यो नियमावली पास भएसँगै खासगरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकले नेपाली नागरिकता पाउने छन् ।

गैरआवासी नेपालीले यो नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न पाए पनि राजनीति गर्न, सरकारी जागिर खान वा नियुक्ति खान भने पाइने छैन ।

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर अहिले भने नागरिकतासम्बन्धी नियमावली नै मन्त्रिपरिषदबाट पारित भएको हो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...