नेभिगेशन
सबै कुरा

एनआरएनएले पाउने भए नागरिकता

२० भदाै, काठमाडौं - गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली सरकारले स्वीकृत गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकता नियमावली मन्त्रिपरिषदबाट पारित भएसँगै गैरआवासीय नेपाली (एनआरएन) ले पनि नेपाली नागरिकता पाउने भएका छन् ।

Ncell
Extreme Energy

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै नागरिकता ऐन, २०६३ संशोधन भएको थियो ।

ऐन जारी भएलगत्तै २०७२ भन्दा अघि जन्मका आधारमा नेपालमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने विषय कार्यान्वयनमा गएको थियो तर उक्त नियमावली नहुँदा अन्य नयाँ प्रावधान भने रोकिएका थिए ।

तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेसँगै एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।

मन्त्रिपरिषदबाट उक्त नियमावली पारित भएपनि यसको औपचारिक जानकारी भने सरकारले सार्वजनिक गरेको छैन ।

यो नियमावली पास भएसँगै खासगरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकले नेपाली नागरिकता पाउने छन् ।

गैरआवासी नेपालीले यो नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न पाए पनि राजनीति गर्न, सरकारी जागिर खान वा नियुक्ति खान भने पाइने छैन ।

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर अहिले भने नागरिकतासम्बन्धी नियमावली नै मन्त्रिपरिषदबाट पारित भएको हो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...