नेभिगेशन
सबै कुरा

नेपाली माटोको रक्षा गर्न तपाईंको खुट्टा नकाँपोेस् प्रधानमन्त्री ज्यू – विराजभक्त श्रेष्ठ

२१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले चीनको नक्सामा नेपालको भूभाग भारतमा देखाइनु दुखद भएको बताएका छन् । साथै उनले हाम्रो परराष्ट्र नीति पनि निकै कमजोर भएको औँल्याएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदको विशेष समयमा बोल्ने क्रममा उनले भने, ‘भर्खरै हाम्रो छिमेकी राष्ट्र चीनले नयाँ नक्सा जारी गरेको छ । उक्त नक्सामा हाम्रो संसदले एकमत भएर जारी गरेको नेपालको चुच्चे नक्साको भूभागहरु भारतमा देखिन आएकोमा हामी सार्वभौम नेपालीको मन साह्रै दुखेको छ । 

Extreme Energy

सो विषयमा अन्तराष्ट्रिय समुदायलाई पत्राचार नगरेकोले हामी हाम्रो परराष्ट्र नीतिमा कसरी चुक्दैछौँ भन्ने कुरा प्रस्ट देखिएको छ । म सम्मानित सदनमार्फत परराष्ट्र मन्त्रालयलाई यो विषयलाई प्राथमिकतामा राखेर कुटनीतिक नोट मार्फत नेपाली भूभाग नोपलको नक्सामा राख्न ध्यानाकर्षण गराउन चाहन्छु । साथै प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघ र चीन भ्रमणमा नेपाली भूभागबारे कुटनीतिक पहल होस् । नेपाली माटोको रक्षा गर्न तपाईको खुट्टा नकाँपोस् प्रधानमन्त्री ज्यू । तपाईंलाई तीन करोड नेपालीको साथ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।