नेभिगेशन
सबै कुरा

नेपाली माटोको रक्षा गर्न तपाईंको खुट्टा नकाँपोेस् प्रधानमन्त्री ज्यू – विराजभक्त श्रेष्ठ

२१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले चीनको नक्सामा नेपालको भूभाग भारतमा देखाइनु दुखद भएको बताएका छन् । साथै उनले हाम्रो परराष्ट्र नीति पनि निकै कमजोर भएको औँल्याएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदको विशेष समयमा बोल्ने क्रममा उनले भने, ‘भर्खरै हाम्रो छिमेकी राष्ट्र चीनले नयाँ नक्सा जारी गरेको छ । उक्त नक्सामा हाम्रो संसदले एकमत भएर जारी गरेको नेपालको चुच्चे नक्साको भूभागहरु भारतमा देखिन आएकोमा हामी सार्वभौम नेपालीको मन साह्रै दुखेको छ । 

Ncell
Extreme Energy

सो विषयमा अन्तराष्ट्रिय समुदायलाई पत्राचार नगरेकोले हामी हाम्रो परराष्ट्र नीतिमा कसरी चुक्दैछौँ भन्ने कुरा प्रस्ट देखिएको छ । म सम्मानित सदनमार्फत परराष्ट्र मन्त्रालयलाई यो विषयलाई प्राथमिकतामा राखेर कुटनीतिक नोट मार्फत नेपाली भूभाग नोपलको नक्सामा राख्न ध्यानाकर्षण गराउन चाहन्छु । साथै प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघ र चीन भ्रमणमा नेपाली भूभागबारे कुटनीतिक पहल होस् । नेपाली माटोको रक्षा गर्न तपाईको खुट्टा नकाँपोस् प्रधानमन्त्री ज्यू । तपाईंलाई तीन करोड नेपालीको साथ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।
रास्वपा सांसदहरुलाई सचेतक धितालको कडा निर्देशन : अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजानु

रास्वपा सांसदहरुलाई सचेतक धितालको कडा निर्देशन : अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजानु

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन जारी गरेको छ ।
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।