नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! फर्जी विवरण झपेन्द्रद्वारा प्रमाणिकरण

२४ भदौ, काठमाडौं । ६० किलो सुन तस्करीका नाइके दाबा छिरिङ चिनियाँ मुलका बेल्जियम नागरिक हुन् । तर उनीसँग नेपाली नागरिकतादेखि नेपाली पासपोर्टसम्म छ । उनले काभ्रेपलाञ्चोक जिल्लाबाट २०७४ पुस २० गते निमा तामाङको नाममा वंशज नागरिकता लिएका छन् । 

नेपालको संविधान अनुसार नेपालको वंशजको आधारमा नागरिकता प्राप्त गर्न, बाबुआमा नेपाली हुनुपर्ने पहिलो सर्त हो । तर बेल्जिएमको EP444105 नम्बरको पासपोर्ट बोकेर नेपाल भित्रिएका उनलाई  काभ्रे प्रशासनले बाबुदेखि वडा अध्यक्ष समेत फर्जी बनाएर निमा तामाङका नाममा ‘३०–०१–७४–११८६८’ नम्बरको नागरिकता दिएको छ । उनले नागरिकता लिँदा बाबुको नाममा पेमा तामाङ लेखेका छन् । ठेगाना काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ११ उल्लेख गरेका छन्  । 

Global Ime Bank

नेपाल नागरिकता नियमावली २०६३ को नियम ३ ले वंशजको आधारमा नागरिकता प्राप्त गर्न बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकता प्रमाणपत्र, जन्मस्थान खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्छ । तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र बुझाउनुपर्ने उल्लेख छ । तोकिएको कागजात पेश गरेपछि बल्ल प्रशासनका अधिकारीले औँठाछाप लगाएर नागरिकता जारी गर्छन् । तर यो नियम तस्करीका नाइके दावा छिरिङ र उनको ग्याङका हकमा कतै लागु भएको पाइँदैन । 

दावालाई नागरिकता दिन प्रशासनमा कर्मचारीको सेटिङ

२०७४ पुस १९ गते काभ्रे पशासनको नागरिकता तथा राहदानी हेर्ने फाँटका प्रमुख प्रशासकीय अधिृकतलाई हटाएर अन्य शाखामा रहेका झपेन्द्रराज खरेललाई नागरिकता र राहदानी फाँटमा सारियो । खरेल नागरिकता फाँटमा सरुवा भएको भोलिपल्टै अर्थात पुस २० गते बेल्जिएम नागरिक दावा छिरिङलाई वंशजको आधारमा नेपाली करार गर्दै निमा तामाङका नाममा नागरिकता दिए ।  

सो समयमा खरेलले दावालाई मात्र हैन, अर्का चिनियाँ नागरिकलाई समेत पासाङ तामाङको नाममा वंशज नागरिकता जारी गरेका छन् । पासाङको नाममा जारी भएको नागरिकताको नम्बर  ३०–०१–७४–११८६५ रहेको छ ।  निमा तामाङ र पासाङ तामाङको नाममा जारी गरिएको दुबै नागरिकतामा बाबुको नाम एउटै अर्थात पेमा तामाङ उल्लेख छ । उनीहरु दुबैको नागरिकतामा झपेन्द्रराज खरेलले नै हस्ताक्षर गरेका छन् । उनिहरुको विवरण नायब सुब्बा रामचन्द्र अर्यालले कम्प्युटरमा अपलोड गरेका थिए । खरेल अहिले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा छन् भने अर्याल हाल यातायात कार्यालय काठमाडौं, ठूलो र्भयाङमा कार्यरत छन् । उनीहरुलाई नागरिकता दिँदा काभ्रेका प्रमुख जिल्ला अधिकारीमा शिव प्रसाद सिम्खडा थिए । 

यो प्रकरणमा गृहमन्त्रालयले ५ सदस्यीय छानबिन समिति बनाएको थियो । गृह स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी सिम्खडासहितको सेटिङमा नै झपेन्द्रराजलाई नागरिकता फाँटमा सारिएको थियो । 


बाबुदेखि वडा अध्यक्ष समेत नक्कली

छानबिन समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठको टेबलमा पु¥याएको फाइलअनुसार दावा छिरिङलाई निमा तामाङ बनाएर नागरिकता दिलाउनका लागि बनाइएको सिफरिसमा वडाध्यक्ष सरस्वती पण्डित कार्कीको नाम छ । तर अहिलेसम्म नमोबुद्ध ११ मा उक्त नाम गरेको वडा अध्यक्ष नै छैनन् । हुँदै नभएको वडा अध्यक्षको नाम राखी फर्जी सिफारिस पेश गरी नागरिकता जारी भएको छ । जसलाई झपेन्द्रराज खरेलले प्रमाणित गरी नागरिकता जारी गरेका छन् । नागरिकता प्राप्तीका लागि भरिएको फाराममा सम्पर्क व्यक्ति अमला रोका उल्लेख छ । अमला रोका दावाकी श्रीमती अर्थात दावा माओवादी कनेक्सनकी सुत्रधार हुन् । 

यसरी जारी भएको नागरिकता प्रयोग गरेर निमा भनिने दावा र पासाङले २०७४ माघ १० गते राहदानीका लागि निवेदन दिएका छन् । र सोही दिन उनीहरुले राहदानी प्राप्त गरेका छन् ।  

रोचक कुरा त के छ भने दावाको फोटोसहित नाम फेरेर जारी गरिएको नागरिकतामा भएको औँठा छाप दावाको औँठा छापसँग मेल खाँदैन । तर त्यही नागरिकताबाट जारी भएको नेपाली पासर्पोट, उनीसँग पहिल्यैदेखि रहेको बेल्जिएम पासपोर्ट र सिआईबी हिरासतमा पुगेपछि लिइएको औँठा छाप भने हुबहु मिल्छ ।  

यसको मतलब नागरिकता लिन दावा काभ्रे पशासनमा पाइलै टेकेका थिएनन् । दावाले नेपाली वंशज नागरिकतासँगै होम डेलिभरीको समेत सुबिधा पाएका थिए । र उनको औँठाछापको ठाउँमा अरु कसैको औँठा छाप लगाइएको थियो । 


गृहमन्त्रालय स्रोतका अनुसार कर्मचारीद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल दुवैले दावा र पासाङलाई नागरिकता दिएको स्विकार गरेका छन् तर प्रक्रिया पुरा गरेर दिएको दाबी गरेका छन् । जबकी उनीहरुले सिफरिससँगै  वडा अध्यक्ष नै नक्कली बनाएका छन् । साथै दावाका बाबु भनिएका पेमा तामाङ समेत अस्तित्वमा छैनन् । यसरी सबै विवरण फर्जी बनाएर विदेशीलाई वंशजको आधारमा नागरिकता दिएका कर्मचारीले प्रक्रिया पुर्याएर नागरिकता दिएको दाबी गर्नु आफैँमा लज्जास्पद छ । 


नमोबुद्ध ११ का वडा अध्यक्ष कृष्णबहादुर तामाङले सरस्वती पण्डित शर्मा र पेमा तामाङ दुवै नाम गरेको व्यक्ति वडामै नभएको पुष्टि गरे । ‘पेमा नाम गरेका व्यक्ति वडामा कतै छैनन् । निमा र पासाङ गरेका व्यक्तिको पनि जन्मदर्ता छैन । हुँदै नभएका व्यक्तिहरूका लागि नागरिकताको सिफारिस वडाबाट हुने कुरै भएन,’  तामाङले भने । उनका अनुसार वडाले एक वर्षअघि नै जिल्ला प्रशासन कार्यालयलाई विवरण फर्जी भएको विषयमा लेखी पठाएको थियो भने एक साताअघि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोलाई पनि सोही विवरण सहितको जवाफ पठाएको छ ।

गृहमन्त्रालयले नागरिकता शाखाका प्रमुख उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा गठित समितिले दुवै विदेशी नागरिकले फर्र्जी विवरणबाट बनाएका नागरिकता र राहदानी रद्द गर्न र हाल फरार रहेका चिनियाँलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा निमा र पासाङको नाममा नागरिकता जारी भएको समयको अनुसूची नै गायब पारिएको छ । छानबिन समितिले विदेशीलाई वंशज नागरिकता दिँदा अनुसूची नै गायब पारिएको विषयमा पनि थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सिफारिस गरेको छ ।

दावा जोगाउन अध्यागमनमै सेटिङ

दावालाई नेपालमा अपराध कर्मका गर्न सहयोग गर्ने काभ्रे प्रशासन मात्रै होइन, अध्यागमन विभाग समेत हो । यो पत्र हेर्नुहोस् । 


यो पत्र दावाले २०७९ बैशाख २८ गते अध्यागमन विभागलाई लेखेका हुन् । जुन बेला उनले नेपालको नागरिकता र पासपोर्टसँगै बेल्जियमको पासपोर्ट समेत बोकेका थिए । उनले आफु नेपालमा आउँदा र नेपालबाट अन्यत्र देशमा जाँदा सहजिकरण गरिदिन अनुरोध गर्दै अध्यागमन विभागका महानिर्देशकलाइृ पत्र लेखेका छन् । यो पत्र दावा छिरिङका तर्फबाट निजको श्रीमती भन्दै अमला रोकाले पेश गरेकी थिइन । उनले यो पत्र विभागमा दर्ता गर्दा आफ्नो मतदाता परिचयपत्र पेश गरेकी थिइन् । तर उनले पेश गरेको मतदाता परिचयपत्रमा श्रीमानको नाम सुजन प्रकाश रोका लेखिएको छ । यो पनि हेर्नुहोस् । 


दावालाई यात्रामा सहजिकरणको माग गर्दै दावाको श्रीमती उल्लेख गरी अमलाले दर्ता गरेको निवेदन र अमलाले पेश गरेको आफ्नो परिचयपत्रमा श्रीमानको नामै फरक पर्दासमेतअध्यागमनले सोही विवरणमा लालमोहर लगाईदियो । गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमनले यो विषयमा सोहीबेला दावामाथि अनुसन्धानको प्रयास गरेको थियो । तर ठूलै राजनीतिक दवावका कारण दावाले यात्रामा सहजिकरण पाएका थिए । उसो त हामीले अध्यागमन विभागका पुर्व महानिर्देशक झलकराम अधिकारीसँग दावाको कनेक्सनबारे पर्दाफास गरिसकेका छौँ । 


झकलरामलाई मन्त्रालय तानिएको छ भने सीआईबीले समेत बयान लिएको छ । तर दावासहित उनको समूहलाई नागरिकता दिने तत्कालिन प्रमुख जिल्ला अधिकारी सिम्खडा, अधिकृत झपेन्द्रराज खरेल र नायब सुब्बा रामचन्द्र अर्यालमाथि कुनै छानबिन भएको छैन । 

सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहँदा उनिहरुलाई नागरिकता दिनेहरुलाई भने पक्राउ गरेको छैन । अरु त अरु दावाकी श्रीमती अमला रोका जसले दावाको सबै अपराध कर्ममा साथ दिएकी छिन्, र करोडौँका कम्पनी खडा गरेकी छिन्, उनलाई समेत सीआईबीले पक्राउ गर्न सकेको छैन । फलस्वरुप अहिले उनी फरार छिन् । 

सेक्रेट्स अफगोल्ड माफियाका श्रृङ्खलाहरु

सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 

तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...