नेभिगेशन
सिधाकुरा विशेष

बेवारिसे सुटकेस भित्र महिलाको मृत शरीर, कपडा पट्याएजसरी मान्छे राखियो

काठमाडौँ । रातको समयमा बाटोमा एउटा सुटेकेस भेटियो । सुटकेस सामान्य थियो । बाहिरबाट डोरीले बाँधिएको थियो । सुटकेस देख्नेहरुले सोचे कसैको छुट्यो होला, वा कसैले बाटोमा झारेर गयो होला । त्यसमाथि नेपाल भारत सिमानाको नजिकै रहेको क्षेत्रको सडक भएकाले पनि सुटकेस भेटिनु सामान्य नै थियो । तर धेरै बेर उक्त सुटकेस लिन कोही पनि आएन । 

बाटोमा सुटकेस बेवारिसे बनेको देखेपछि स्थानीयले शनिबार राति करिब १० बजेतिर प्रहरीलाई खबर गरे । प्रहरीले रातभरी उक्त सुटकेसलाई पहरा दिएर बसे । प्ररहीलाई लागेको थियो सुटकेस छोडेर जाने  मान्छे पक्कै लिन आउँछन् वा अन्य तरिकाले खोजी गर्छन् । तर बिहानसम्म कोही लिन आएनन् । त्यसपछि बिहान प्रहरीले सुटकेस खोल्ने निर्णय गरे । उक्त सुटकेस निकै गर्ह्रौँ थियो । जब प्रहरीले सुटकेस खोले सबैको होसहवास उड्यो । किनकी सुटकेसमा सामान थिएन । एक मृत महिलाको सिंगो शरीर थियो । 

CG

सुन्दै आङ्ग जिरिङ्ग हुने यो घटना रौतहटको हो । यो सुटकेस शनिबार राति गौर नगरपालिका ९ मुडवालगेटस्थित गौर–सिरसिया अन्तर्गत सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएको हो । राति १० बजेदेखि सुटकेलाई पहरा दिएर बसेका प्रहरीले आइतबार सुटकेस खोलेका थिए । तर अप्रत्यासित रुपमा होस उडाउने दृश्य सामुन्ने आएपछि त्यहाँ केही खैलाबैला मच्चियो । 

प्रहरीले तुरुन्तै घटनास्थल शिल गर्यो । केही बेरमा थप टोली बोलाइयो । फरेन्सिक टिम पनि घटनास्थल पुग्यो । सुटकेसभित्र रहेको शव एक महिलाको थियो । बाहिर सुटकेसलाई डोरिले बाँधिएको थियो भने भित्र महिलाको शव थियो । अचम्मको कुरा त के भने महिलाको शवमा बाहिर देखिनै खासै ठूलो चोटपटक केही पनि छैन । तर उनको शरीरलाई कपडा पट्याएझैँ पट्याएर सुटकेसमा अटाइएको थियो । प्रहरीका अनुसार उनको नाकबाट भने केही रगत बगेको देखिएको छ ।  

त्यो सुटकेसभित्र भएको शव थियो रौतहटको माधव नारायण नगरपालिका २ की रुबीकुमारी साहको । जसको उमेर २६ मात्रै भएको छ । परिवारका अनुसार उनी शनिबार बेलुकी करिब ६ बजे माधवपट्टिस्थित डेराबाट बजार जानको लागि गौरतर्फ लागेकी थिइन् । सो क्रममा उनले आमालाई फोन गरेर बजारबाट सामान ल्याउनुपर्नेछ भनेर सोधेकी थिइन् । तर त्यसपछि न फोन आयो, न सामान आयो न छोरी नै आइन् । 

रुबीको ४ वर्षका छोरा छन् । रुबीको विवाह भारतीय नागरिकसँग भएको थियो । तर छोरालाई पढाउनका लागि उनी रौतहटको माधवपट्टिमा डेरा गरेर बस्दै आएकी थिइन् । 

रुबीको शव उनी बस्ने डोराबाट करिब ५ किलोमिटर पर भेटिएको हो । यो स्थान उनी जान लागेको भनिएको गौर बजारबाट ४ किलोमिटर पर पर्छ । 

यो घटना कसले र किन गरायो भन्नेबारे यो समाचार तयार पर्दासम्म खुलिसकेको छैन । तर प्रहरीले अनुसन्धानको सुइ भारततर्फ सोझ्याएको छ । भारतमा हत्या गरी नेपाल ल्याएर छोडिएको हुनसक्ने प्रहरीको आशंका छ  । ‘हामीले आशंकाकै भरमा अनुसन्धान अघि बढाउने हो ।’ रौतहट प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्की भन्छन्, ‘हामीले सबै कोणबाट अनुसन्धान अघि बढाएका छौँ ।’ 

शव भेटिएको ठाउँबाट भारतीय सिमाना जम्मा ५ किलोमिटरको दुरीमा पर्छ । प्रहरीले अनुसन्धानमा प्रभाव पर्नसक्ने भएकोले कतिपय विवरणहरु गोप्य राखेको छ । 
घटनापछि रुबीका भारतीय श्रीमान् पनि नेपाल आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उनीसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ...
रास्वपा सभापति लामिछानेको स्वास्थ्य सुधारोन्मुख, सञ्जालमा आएका फोटो 'फेक'

रास्वपा सभापति लामिछानेको स्वास्थ्य सुधारोन्मुख, सञ्जालमा आएका फोटो 'फेक'

अस्पतालका अनुसार लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य छ । लामिछानेको देब्रे खुट्टामा लागेको चोट औषधी सेवनले समेत निको नभई सेलुलाइटिस भएकाले अस्पतालको हाडजोर्नी विभागमा उपचाररत रहेको अस्पतालले जनाएको...