नेभिगेशन
समाज

बेवारिसे सुटकेस भित्र महिलाको मृत शरीर, कपडा पट्याएजसरी मान्छे राखियो

काठमाडौँ । रातको समयमा बाटोमा एउटा सुटेकेस भेटियो । सुटकेस सामान्य थियो । बाहिरबाट डोरीले बाँधिएको थियो । सुटकेस देख्नेहरुले सोचे कसैको छुट्यो होला, वा कसैले बाटोमा झारेर गयो होला । त्यसमाथि नेपाल भारत सिमानाको नजिकै रहेको क्षेत्रको सडक भएकाले पनि सुटकेस भेटिनु सामान्य नै थियो । तर धेरै बेर उक्त सुटकेस लिन कोही पनि आएन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाटोमा सुटकेस बेवारिसे बनेको देखेपछि स्थानीयले शनिबार राति करिब १० बजेतिर प्रहरीलाई खबर गरे । प्रहरीले रातभरी उक्त सुटकेसलाई पहरा दिएर बसे । प्ररहीलाई लागेको थियो सुटकेस छोडेर जाने  मान्छे पक्कै लिन आउँछन् वा अन्य तरिकाले खोजी गर्छन् । तर बिहानसम्म कोही लिन आएनन् । त्यसपछि बिहान प्रहरीले सुटकेस खोल्ने निर्णय गरे । उक्त सुटकेस निकै गर्ह्रौँ थियो । जब प्रहरीले सुटकेस खोले सबैको होसहवास उड्यो । किनकी सुटकेसमा सामान थिएन । एक मृत महिलाको सिंगो शरीर थियो । 

Ncell
Extreme Energy

सुन्दै आङ्ग जिरिङ्ग हुने यो घटना रौतहटको हो । यो सुटकेस शनिबार राति गौर नगरपालिका ९ मुडवालगेटस्थित गौर–सिरसिया अन्तर्गत सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएको हो । राति १० बजेदेखि सुटकेलाई पहरा दिएर बसेका प्रहरीले आइतबार सुटकेस खोलेका थिए । तर अप्रत्यासित रुपमा होस उडाउने दृश्य सामुन्ने आएपछि त्यहाँ केही खैलाबैला मच्चियो । 

प्रहरीले तुरुन्तै घटनास्थल शिल गर्यो । केही बेरमा थप टोली बोलाइयो । फरेन्सिक टिम पनि घटनास्थल पुग्यो । सुटकेसभित्र रहेको शव एक महिलाको थियो । बाहिर सुटकेसलाई डोरिले बाँधिएको थियो भने भित्र महिलाको शव थियो । अचम्मको कुरा त के भने महिलाको शवमा बाहिर देखिनै खासै ठूलो चोटपटक केही पनि छैन । तर उनको शरीरलाई कपडा पट्याएझैँ पट्याएर सुटकेसमा अटाइएको थियो । प्रहरीका अनुसार उनको नाकबाट भने केही रगत बगेको देखिएको छ ।  

त्यो सुटकेसभित्र भएको शव थियो रौतहटको माधव नारायण नगरपालिका २ की रुबीकुमारी साहको । जसको उमेर २६ मात्रै भएको छ । परिवारका अनुसार उनी शनिबार बेलुकी करिब ६ बजे माधवपट्टिस्थित डेराबाट बजार जानको लागि गौरतर्फ लागेकी थिइन् । सो क्रममा उनले आमालाई फोन गरेर बजारबाट सामान ल्याउनुपर्नेछ भनेर सोधेकी थिइन् । तर त्यसपछि न फोन आयो, न सामान आयो न छोरी नै आइन् । 

रुबीको ४ वर्षका छोरा छन् । रुबीको विवाह भारतीय नागरिकसँग भएको थियो । तर छोरालाई पढाउनका लागि उनी रौतहटको माधवपट्टिमा डेरा गरेर बस्दै आएकी थिइन् । 

रुबीको शव उनी बस्ने डोराबाट करिब ५ किलोमिटर पर भेटिएको हो । यो स्थान उनी जान लागेको भनिएको गौर बजारबाट ४ किलोमिटर पर पर्छ । 

यो घटना कसले र किन गरायो भन्नेबारे यो समाचार तयार पर्दासम्म खुलिसकेको छैन । तर प्रहरीले अनुसन्धानको सुइ भारततर्फ सोझ्याएको छ । भारतमा हत्या गरी नेपाल ल्याएर छोडिएको हुनसक्ने प्रहरीको आशंका छ  । ‘हामीले आशंकाकै भरमा अनुसन्धान अघि बढाउने हो ।’ रौतहट प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्की भन्छन्, ‘हामीले सबै कोणबाट अनुसन्धान अघि बढाएका छौँ ।’ 

शव भेटिएको ठाउँबाट भारतीय सिमाना जम्मा ५ किलोमिटरको दुरीमा पर्छ । प्रहरीले अनुसन्धानमा प्रभाव पर्नसक्ने भएकोले कतिपय विवरणहरु गोप्य राखेको छ । 
घटनापछि रुबीका भारतीय श्रीमान् पनि नेपाल आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।