नेभिगेशन
समाज

अरनीको पाँडेलाई साइबर मुद्दा: श्रीमतीकी साथीले एक्लै भेट्न खोजेपछि पठाएका थिए अश्लील म्यासेज (बयानसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिकोकुमार पाँडे विरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रवार दायर गरेको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइ भइरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारी वकिलको कार्यालय अदालतमा पेस गरेको अभियोग पत्रमा पाँडेले आफ्नै श्रीमतीकी महिला साथीलाई अश्लील, अपमानजनक तथा मानसिक यातना दिने खालका सन्देशहरू इमेल र ह्वाट्सएपमार्फत पठाएको आरोप लगाइएको छ । अभियोग पत्रमा पाँडेले ती महिलाको इमेलमा पठाएको म्यासेज पनि उल्लेख गरिएको छ । 

Ncell
Extreme Energy

जाहेरीकर्ता महिलाका अनुसार उनका छोरालाई विज्ञान विषय पढाउने विषयमा कुरा गर्न पाँडेसँग सम्पर्क भएको थियो । त्यसपछि उनले इमेल र ह्वाट्सएपमार्फत म्यासेज पठाएर तनाव दिएका थिए ।अभियोग पत्रमा उल्लेख भएअनुसार, पाँडेको इमेल अकाउन्टबाट जाहेरवालाको आईक्लाउड इमेलमा यस्तो इमेल पठाएका थिए । 

pandey-_1-1756457382.jpg
यसका साथै पाँडेले आफ्नो ह्वाट्सएपबाट पीडित महिलालाई पटक पटक कल गरी तिम्रो श्रीमानले तिमीलाई छाडेका हुन् ? त्यसैले हो ? लगायतका मेसेज समेत पठाएर दुःख हैरानी र अपमान गरेको अभियोग लगाइएको छ ।

पाँडेले भने ती महिलाले आफूलाई तनाव दिएको बयान दिएका छन् । बयानका क्रममा पाँडेले जाहेरवालासँग आफ्नो श्रीमती मार्फत चिनजान भएको र पारिवारिक भेटघाट हुने गरेको बताएका छन् । उनले जाहेरवालाले आफूप्रति एकतर्फी आशक्ति राख्न खोजेको महसुस गरेको उल्लेख गरेका छन् । असार २५ गते दाँतको अप्रेसनपछि पेनकिलर सेवन गरी आराम गरिरहेको अवस्थामा जाहेरवालाले बेलायतबाट ह्वाट्सएपमा अडियो कल गरी श्रीमती घरमा भए नभएको सोधेको र भेट्न अनुरोध गरेको बताए ।

यस्तो छ उनको बयानः 

pandey-_2-1756457401.jpg
अदालतमा दायर भएको अभियोग पत्रमा पाँडेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम कसुर गरेको ठहर गर्दै सोही दफाअनुसार एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ । यसका साथै पाँडेको साथबाट बरामद भएको मोबाइल लगायतका भौतिक प्रमाणहरू ऐनको दफा ५६ बमोजिम जफत गर्न र पीडितलाई ऐनको दफा ५८ क र ७६ बमोजिम मनासिब क्षतिपूर्ति भराउन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।
आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

आज कहाँकहाँका सडक छन् अवरूद्ध ?