नेभिगेशन
समाज

ठमेलमा गुण्डाराजः रेष्टुरेन्ट व्यवसायीमाथि निर्घात कुटपिट (सीसीटिभी भिडियो सहित)

काठमाडौँ । बाटोमा सेतो टिसर्ट लगाएका व्यक्ति सडकमा हिँडिरहेका छन् । उनको पछिबाट हाइलक्स जस्तो देखिने सेतो गाडी आउँछ । त्यो गाडी तिनै सेतो टीसर्ट लगाउने मान्छेको छेउमा रोकिन्छ । उनीबिच त्यहाँ केही विवाद भएजस्तो देखिन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

त्यत्तिकैमा गाडीको स्टेरिङमा बसेका व्यक्तिले ति व्यक्तिलाई झापड हन्छन् । त्यसपछि गाडीबाट अन्य व्यक्तिहरु पनि झर्छन् । उनलाई उनीहरुले पनि मुक्का प्रहार गर्छन् । त्यहाँ एकजना सेतो धर्के कालो टिसर्ट लगाएका व्यक्तिले उनीहरुलाई मिलाउन खोजेको जस्तो देखिन्छ । केहीबेपछि ति व्यक्तिहरु गाडी चढेर अघि बढ्छन् । 

यो दृश्य कैद हुँदा सिसिटिभीले अगस्ट १८ २०२५ अर्थात भदौ २ गते सोमबार बिहान करिब पौने ३ बजेतिरको भएको देखिन्छ । 

kutpit-1-1755876201.jpg
त्यस्तै अर्को दृश्यमा केही मानिसहरु कसैलाई कुरेर बसेजस्तो देखिन्छ । सोही क्रममा एउटा प्रहरीको भ्यान पनि उनीहरुको अगाडीबाट जान्छ । 

जब भ्यान केही पर पुग्छ घरको भित्र भएका एक जना मान्छेलाई निर्घात कुट्नपिट सुरु हुन्छ । त्यसपछि उनीहरुले ति व्यक्तिलाई बाहिर रोडमै तानेर पालैपालो कुट्न थाल्छन् । 

यो दृश्य पनि ठमेलको नर्सिङ चोककै हो ।

kutpit-2-1755876244.jpg
सोही दिन सोही समयकै आसपासको घटना हो । अर्थात भदौ २ गते सोमबार बिहान पौने ३ बजे आसपासकै घटना हो । 

यो दुबै दृश्यमा कुटाई खाने व्यक्ति पनि एकै हुन् । र दुबै दृश्यमा कुट्ने व्यक्तिहरु पनि एकै हुन् । भिडियोमा कुटाइ खाने व्यक्ति हुन् बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ कोल्टी घर भएका हिम शिखर मल्ल । मल्ल अहिले ठमेलको नरसिंह चोकमा व्यवसाय गर्दै आएका छन् । नरसिंह चोकमा रेष्टुरेन्ट एण्ड बार सञ्चालन गर्दै आएका मल्ल आफूमाथि बिना कसूर कुटपिट भएको बताउँछन् । 

मल्लका अनुसार उनले ठमेलमा बार चलाएको केही मानिसहरुलाई मन परेको छैन । त्यो व्यवसायबाट भएको कमाईमा केही मानिसहरुले हिस्सा खोजिरहेका छन् । सोही कारण आफूमाथि कुटपिट भएको उनी बताउँछन् । 
मल्लको दाबीअनुसार उनलाई कुटपिट गर्ने व्यक्तिहरु नविन लामा, भिलेन भनिने प्रल्हाद सुनार, दावा लामा र उनीहरु समूहका व्यक्तिहरु हुन् । 

पीडित मल्लले आफूलाई कुटपिट गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । कुटपिट लगायतका घटनाबारे उजुरीहरु आइरहेको र त्यमाथि छनबिन भइरहने भए पनि यही घटनासँग सम्बन्धित उजुरी आए नआएको प्रष्ट नभएको प्रहरी प्रभाग लैनचौरका प्रमुख डिएसपी जागेश्वर भण्डारीले बताए । आफू दिनभर फिल्डको डिउटीमा रहेको भन्दै उनले कार्यालयमा गएर बुझ्ने र थप कारबाही अघि बढाउने सिधाकुरालाई बताए ।
 
केही समय अघि मात्रै गुण्डागर्दी बढेको भन्दै काठमाडौँ प्रहरीले केही समूहलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । तर, फेरि व्यस्त राजधानी सहरकै बीचमा व्यवसायी कुटिएको भिडियो बाहिरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
सूर्य नेपालद्वारा विपद् उद्धार कोषमा १५ करोड सहयोग

सूर्य नेपालद्वारा विपद् उद्धार कोषमा १५ करोड सहयोग

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ।
नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयाेग गर्ने

नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयाेग गर्ने

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गाेरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ ।