नेभिगेशन
सबै कुरा

सरकारको सुशासनको अभियान रोक्न बिभिन्न षड्यन्त्र हुनथाले – गृहमन्त्री

२५ भदौ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको भ्रष्ट्रनचार बिरोधी अभियान रोक्न ठूलो षड्यन्त्र भईरहेको बताएका छन् । ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारको अभियानलाई असफल पार्न अनेक प्रयास भईरहेको बताएका हुन् ।

उनले सुशासनको अभियान अगाडि नबढोस्, यसले विराम लिओस् । फेरि तैचुप मैचुप होस् भनेर नयाँ षड्यन्त्र देखा पर्न थालेपनि पछि नहट्ने समेत बताएका छन् । उनले सुशनसनको अभियान जारी रहने र अहिले रचिएको षड्यन्त्रलाई असफल बनाएर छोड्ने दावी समेत गरेका छन् । 

City Express

साथै उनले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका छन् । उनले नेपाली समाजको मौलिक परम्परा बिगार्न खोज्ने षडयन्त्रलाई सफल हुनु नदिने स्पष्ट पार्नुभयो ।

गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनसंगै आधारभूत आवश्यता पुरा होस भन्ने आकांक्षा जनताको रहेको भन्दै यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे । उनले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सरकारले अघि बढाएको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बबताएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...