नेभिगेशन
सबै कुरा

सिधाकुराकाे समाचार हटाउन र थप प्रकाशन नगर्न सर्वाेच्च र प्रेश काउन्सिलकाे लगाएकाे राेक संविधानविपरीत- पत्रकार महासंघ

काठमाडाैँ । नेपाल पत्रकार महासंघले सिधाकुराकाे समाचार सामाग्री हटाउन र समाचार सामाग्री थप प्रकाशन र प्रशारण नगर्न सर्वाेच्च अदालत र प्रेश काउन्सिलकाे लगाएकाे राेक संविधानविपरीत रहेको ठहर गरेको छ। 

नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्रमा उक्त विषय उल्लेख गरिएको हो । अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन/प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रुपमा मुद्दा चलाउने निर्णय गर्नु संविधानविपरीत रहेको ठहर गरेको छ ।

Global Ime Bank

त्यस्तै महासंघको घोषणापत्रमा प्रेस काउन्सिलले सञ्चारमाध्यमलाई समाचार समग्री हटाउन निर्देशन दिएको विषयमा महाधिवेशनले खेद प्रकट गरेको छ । महाधिवेशनद्वारा जारी १८ बुँदे काठमाडौँ घोषणा पत्रको पहिलो नम्बरमा ‘सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति यस महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

घोषणपत्रको एक नम्बर बुँदामा भनिएको छ, ‘प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति यस महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ । अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन / प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रुपमा मुद्दा चलाउने निर्णय गर्नु संविधानविपरीत रहेको ठहर गर्दै यो महाधिवेशन संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग जोडदार माग गर्दछ ।’

महासंघले प्रेस काउन्सिल नेपालले पनि क्षेत्राधिकारविपरीत सञ्चारमाध्यमलाई समाचार सामग्री हटाउन निर्देशन दिएको भन्दै खेद व्यक्त्त गरिएकाे छ ।

‘प्रेस काउन्सिल नेपालद्वारा पछिल्लो दिनमा क्षेत्राधिकारविपरीत सञ्चारमाध्यमलाई समाचार सामग्री हटाउन निर्देशन दिएको विषयप्रति यो महाधिवेशन खेद प्रकट गर्दै काउन्सिललाई संविधान र विद्यमान कानुनको परिपालना गर्न सचेत गराउँदछ’, घोषणा पत्रको ७ नम्बर बुँदामा भनिएको छ । 

बैशाख १४ गते सिधाकुरा डट कमले प्रकाशित गरेको ‘द डार्क फाइल’ नामक समाचार श्रृङ्अलाका समाचार समाग्री तथ्य पुष्टि हुनुपूर्व नै हटाउन प्रेस काउन्सिल नेपालले निर्देशन दिएको थियो । त्यस्तै सर्वोच्च अदालतले समेत समाचार प्रकाशित प्रसारित समाचार सामग्री हटाउनुका साथै उक्त विषयमा थप प्रकाशन गर्न प्रसारण गर्न रोक लगाएको छ।

त्यस्तै सर्वोच्च प्रशासनले सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर गरेको छ । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका हुन् ।
निर्माणस्थलमा आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर (तस्बिरहरु)

निर्माणस्थलमा आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर (तस्बिरहरु)

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको टावर काठमाडौँ आइपुगेका छन् ।
रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले रसुवागढी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्ना तीन महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्।
बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ ।

भर्खरै