नेभिगेशन
समाज

भृकुटीमण्डपको भाडा नतिर्ने रिपोर्टर्स् क्लबसहित २० कार्यालयमा ताला लगाइँदै

काठमाडौँ। भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गामा सञ्चालित बीस वटा कार्यालयमा आज परिषदले ताला लगाउँदैछ । वर्षौंदेखि भाडा नबुझाएका कार्यालयमा परिषदले ताला लगाउने तयारी गरेको हो ।

भृकुटीमण्डप परिसरमा सञ्चालित बीस वटा कार्यालयले विगत लामो समयदेखि भाडा तिरेका छैनन् । परिषदका अनुसार ७ करोड बक्यौता उठाउन बाँकी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिषदका सदस्यसचिव सरोजकुमार शर्माले अहिले दिउँसो २ बजे ती सबै कार्यालयमा ताला लगाइने छ ।

Ncell
Extreme Energy

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्देशनमा परिषदले ती कार्यालयमा ताला लगाउन खोजेको हो । ‘हामीले पटक पटक ताकेता गर्यौं, उहाँहरुले तिर्नु भएन’ शर्माले भने– ‘यसमा मन्त्रीजीको पनि चासो छ, जसरी पनि बक्यौता उठाउन निर्देशन दिनु भएको छ ।’ 

सदस्यसचिव शर्माका अनुसार बक्यौता नतिर्नेमा ऋषि धमलाको रिपोर्टर्स् क्लब पनि छ । क्लबले मात्रै ८० लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, उपभोक्ता मञ्च नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, काठमाडौं उपत्यका पुस्तकालय लगायतका संस्था छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।