नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरपालिकाले आयाेजना गरेकाे सीप मेलामा युवाहरुको घुइँचो (भिडियाे)

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सुरु गरिएको सीप मेलामा युवाहरुको घुइँचो लागेको छ । 

२०८१ सालको एक महिनामा २०८१ जनालाई नै सीपमूलक तालिम दिइने लक्ष्य राखेर सीप मेला सञ्चालन गरिएपनि हालसम्म १० हजार बढीले आवेदन दिइसकेका छन् । विभिन्न १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको उक्त मेला हाल ३ समूहमा संचालन गरिएको छ । 

Global Ime Bank

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र  ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ  महानगरले आयोजना गरेको एक महिने सो मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ्ग, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङ जस्ता विभिन्न क्षेत्रमा तालिम दिएको छ ।  

छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने विश्वासका साथ सुरु गरिएको सीप मेलामा १८ वर्ष उमेर पूरा भएका र ५८ वर्ष ननाघेका व्यक्तिले सहभागी हुन पाउनेछन् । 

तालिमको अन्तिम दिन रोजगार मेला आयोजना हुने र सम्बन्धीत रोजगारदाताको स्टलमा गएर आफ्नो दक्षताका आधारमा रोजगार पाउन सकिने महानगरले जनाएको छ ।

थप भिडियाेमा :



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा उपलब्ध गराउन क्रियाशिल छौँः कृषिमन्त्री

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका हुन् ।
रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले रसुवागढी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्ना तीन महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्।
सांसद खतिवडाको प्रश्न : संसद भवनभित्र ड्रोन खस्दा किन जानकारी दिइएन?

सांसद खतिवडाको प्रश्न : संसद भवनभित्र ड्रोन खस्दा किन जानकारी दिइएन?

सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद भवन नजिकै ठूलो ड्रोन खसेको दाबी गर्दै सोबारे संसदलाई स्पष्ट जानकारी गराउन माग गरेका छन्।
सोबितालाई एमाले सांसद बरालको चुनौती, ‘भाषाको र परिभाषाको ज्ञान सिकाउन तयार छौैँ, हेक्का पुर्याएर बोल्नुहोला’

सोबितालाई एमाले सांसद बरालको चुनौती, ‘भाषाको र परिभाषाको ज्ञान सिकाउन तयार छौैँ, हेक्का पुर्याएर बोल्नुहोला’

सिंगो नेपाली जनताले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई गौरवले हेरिरहेको उनको दाबी छ ।