नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरपालिकाले आयाेजना गरेकाे सीप मेलामा युवाहरुको घुइँचो (भिडियाे)

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सुरु गरिएको सीप मेलामा युवाहरुको घुइँचो लागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८१ सालको एक महिनामा २०८१ जनालाई नै सीपमूलक तालिम दिइने लक्ष्य राखेर सीप मेला सञ्चालन गरिएपनि हालसम्म १० हजार बढीले आवेदन दिइसकेका छन् । विभिन्न १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको उक्त मेला हाल ३ समूहमा संचालन गरिएको छ । 

Ncell
Extreme Energy

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र  ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ  महानगरले आयोजना गरेको एक महिने सो मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ्ग, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङ जस्ता विभिन्न क्षेत्रमा तालिम दिएको छ ।  

छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने विश्वासका साथ सुरु गरिएको सीप मेलामा १८ वर्ष उमेर पूरा भएका र ५८ वर्ष ननाघेका व्यक्तिले सहभागी हुन पाउनेछन् । 

तालिमको अन्तिम दिन रोजगार मेला आयोजना हुने र सम्बन्धीत रोजगारदाताको स्टलमा गएर आफ्नो दक्षताका आधारमा रोजगार पाउन सकिने महानगरले जनाएको छ ।

थप भिडियाेमा :



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...