नेभिगेशन
समाज

रास्वपाले घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यालयका लागि घर तथा जग्गा खरिद गर्न जग्गाधनीबाट प्रस्ताव आह्वान गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले आज सार्वजनिक सूचना जारी गरी २१ दिनभित्र प्रस्ताव पेश गर्न घर तथा जग्गा धनीलाई आग्रह गरेको हो ।  

Ncell
Extreme Energy

पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने केन्द्रीय समितिको निर्णयबमोजिम घर, जग्गा खरिद गर्न खोजिएको रास्वपाले जनाएको छ । 

रास्वपाले आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा खरिद गरिने जनाएको छ । 

रास्वपाले जारी गरेको सूचनामा काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको वा चक्रपथ नजिक, कम्तीमा ३ (तीन) रोपनी, प्रशासनिक काम, ठूला बठैक तथा छलफल गर्न मिल्ने भवन भएको, वा त्यस्तो भवन बनाउन मिल्ने खाली जग्गा, कार्यालयमा आउने कार तथा मोटरसाइकल राख्न पग्ने खाली ठाउँ भएको, मुख्य सडकसम्म सजिलै पुगिने, कम्तीमा २० फिट चौडा पक्की बाटोले छोएको, जग्गाको स्वामित्वमा कुनै कानुनी विवाद नरहेको र कुनै पनि बैंक तथा वित्तीय संस्थामा रोक्का रहेको घर तथा जग्गा धनीले प्रस्ताव पेश गर्न सक्ने उल्लेख छ । 

यस्तो रास्वपाले राखेको शर्त

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन बुधबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...