नेभिगेशन
नेताका कुरा

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो, कसैलाई भ्रम नहोस्: डा. शंशाक

सुर्खेत । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं देउवा पक्षको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा. कोइरालाले आधिकारिकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टिप्पणी गर्न जरुरी नरहेको बताएका डा. कोइरालाले मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको दाबी गरे ।

Marvel
Extreme Energy

कांग्रेसमा जबरजस्त आफैलाई सभापति घोषणा गर्नु संयोग मात्रै नभएको जिकिर गर्दै डा. कोईरालाले यी घटनामा अनेकन प्रपञ्च रहेको आरोप लगाए । “यो संयोग मात्र थिएन यसमा अनेकन प्रपञ्चहरु थिए भन्ने प्रष्ट छ । विधि, विधान, पद्धति र स्थापित मूल्यमान्यता विपरित गरिएका षड्यन्त्रहरु देशका लागि र पार्टीका लागि घातक हुन् । अहिलेलाई म यति मात्र भन्न चाहन्छु” कोइरालाले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
१५ करोडको कोकिनसहित ठमेलबाट ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

१५ करोडको कोकिनसहित ठमेलबाट ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

प्रहरीले ठमेलबाट तीन किलो कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ। बरामद कोकिनको अवैध बजार मूल्य करिब १५ करोड रुपैयाँ रहेको लागुऔषध...
चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

पोखरा महानगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको तालचोक–बेगनास सडक निर्माण चारपटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। दुई वर्षमा सक्ने गरी २०७९ असारमा ठेक्का सम्झौता भएको ३.२८...