नेभिगेशन
समाज

एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

दमौली । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुलको निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने गरी त्रिशूली नदीमाथि निर्माणाधीन पुल १२ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। पुल निर्माणमा भइरहेको ढिलाइबारे स्थानीयले पटकपटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयका पदाधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन्।

Marvel
Extreme Energy

मन्त्री लम्सालले पुल निर्माणका लागि पुरानै संरचनालाई निरन्तरता दिने वा नयाँ संरचना बनाएर अघि बढ्ने भन्ने निर्णय भइनसकेको बताए। पुल निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता भने तोडिसकिएको छ।

हालसम्म पुलका केही पिल्लर मात्रै निर्माण भएका छन्। लामो समयदेखि अलपत्र पुलको निर्माण अघि बढाउन सरकारले एक महिनाभित्र काम सुरु गर्ने प्रतिबद्धता जनाएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

पोखरा महानगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको तालचोक–बेगनास सडक निर्माण चारपटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। दुई वर्षमा सक्ने गरी २०७९ असारमा ठेक्का सम्झौता भएको ३.२८...
काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र पुस ४ मा, प्रदेश अधिवेशन पुस १२ देखि

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र पुस ४ मा, प्रदेश अधिवेशन पुस १२ देखि

नेपाली काङ्ग्रेसले जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका तय गर्ने तयारी गरेको छ। पार्टी सभापति गगनकुमार थापाका अनुसार हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस...
दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् ।
पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिएको छ।

भर्खरै