नेभिगेशन
समाज

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र पुस ४ मा, प्रदेश अधिवेशन पुस १२ देखि

काठमाडौं । नेपाली काङ्ग्रेसले जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका तय गर्ने तयारी गरेको छ। पार्टी सभापति गगनकुमार थापाका अनुसार हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने तयारी गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमको प्रतिकूलता र हिमपातको सम्भावनालाई ध्यानमा राखेर हिमाली जिल्लाको अधिवेशन मंसिरमै गर्न लागिएको थापाले बताएका छन्। अन्य जिल्लामा भने पुस ४ र ५ गते अधिवेशन गर्ने तयारी छ।

Marvel
Extreme Energy

सम्बन्धित जिल्ला कार्यसमितिसँगको परामर्शमा विशेष परिस्थिति आए मितिमा सामान्य हेरफेर गर्न सकिने व्यवस्था पनि राखिएको छ।

त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेभित्र सम्पन्न गर्ने तयारी छ। सातै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको फरकमा सञ्चालन गरिने सभापति थापाले जानकारी दिएका छन्।

सबै प्रदेश अधिवेशनमा केन्द्रीय पदाधिकारीहरू सहभागी भएर सम्बोधन तथा समन्वय गर्नुपर्ने भएकाले फरक–फरक मिति राख्न लागिएको उनको भनाइ छ।

जिल्ला र प्रदेश अधिवेशनका मितिबारे सम्बन्धित जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरेर केन्द्रीय निर्वाचन समितिले अन्तिम कार्यतालिका सार्वजनिक गर्नेछ।

काङ्ग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि संगठन विस्तार तथा सुदृढीकरणका गतिविधि अघि बढाएको छ। यसक्रममा पार्टीले देशभरका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

पोखरा महानगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको तालचोक–बेगनास सडक निर्माण चारपटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। दुई वर्षमा सक्ने गरी २०७९ असारमा ठेक्का सम्झौता भएको ३.२८...
एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुलको निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।
दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् ।
पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिएको छ।

भर्खरै