नेभिगेशन
समाज

चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

गण्डकी । पोखरा महानगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको तालचोक–बेगनास सडक निर्माण चारपटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। दुई वर्षमा सक्ने गरी २०७९ असारमा ठेक्का सम्झौता भएको ३.२८ किलोमिटर सडक निर्माण चार वर्ष बितिसक्दा पनि अधुरै छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने उक्त सडकको भौतिक प्रगति ८० प्रतिशत मात्रै पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए। पछिल्लोपटक गत असारमा थपिएको म्याद पनि कात्तिकमै सकिएको छ।

Marvel
Extreme Energy

सङ्घीय सरकारको समन्वय र विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत सडक निर्माण भइरहेको हो। चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने जिम्मा स्वच्छन्द–सपना–वल्र्डवाइड जेबीले पाएको छ। निर्माण कम्पनीसँग भ्याटसहित ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

इन्जिनियर गौतमका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक निर्धारित समयमा पूरा हुन नसकेको हो। महानगरपालिकालगायत सम्बन्धित निकायले पटकपटक ताकेता गर्दा पनि कामले गति लिन नसकेको उनले बताए। निर्माण कम्पनीले मङ्सिरभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले उक्त अवधिमा काम नसकिए जरिवानालगायत कारबाही प्रक्रिया अघि बढाइने बताए।

सुरुमा जग्गा विवाद देखाएर निर्माणमा ढिलाइ गरेको कम्पनीले विवाद समाधान भएपछि पनि कामलाई तीव्रता दिन नसकेको महानगरपालिकाको भनाइ छ। केही महिनाअघि सहरी विकास मन्त्रालय, महानगरपालिका, विश्व बैंक, परामर्शदाता र निर्माण कम्पनीबीच भएको छलफलमा पनि मङ्सिरभित्र काम सक्ने प्रतिबद्धता जनाइएको थियो।

समयमा सडक नबन्दा बेगनास जाने पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नुपरेको पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए। चारपटक म्याद थप्दा पनि निर्माण पूरा नहुनु दुःखद भएको उल्लेख गर्दै उनले निर्माण कम्पनीलाई जवाफदेही बनाउनुपर्ने बताए। पछिल्लो समय निर्माणको गति केही बढेको उनको भनाइ छ।

चार लेनको नमूना सडकका रूपमा विकास गर्न लागिएको आयोजनामा फुट ट्र्याक, साइकल लेन, सडक बत्ती र पार्किङको व्यवस्था गरिनेछ। सडक किनारमा बगैँचा र यात्रु प्रतीक्षालय निर्माणका साथै तीनवटा पुल पनि बनाइने योजना छ।

पृथ्वी राजमार्गसँग जोडिने यो सडक बेगनास हुँदै रुपा गाउँपालिका भएर लमजुङसम्म पुग्ने मार्ग हो। सडक निर्माण सम्पन्न भएपछि सात तालको वाटिका भनेर चिनिने लेखनाथ क्षेत्रको पर्यटन र आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ठमेलबाट १५ करोडको कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

ठमेलबाट १५ करोडको कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

प्रहरीले ठमेलबाट तीन किलो कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ। बरामद कोकिनको अवैध बजार मूल्य करिब १५ करोड रुपैयाँ रहेको लागुऔषध...
एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुलको निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।
काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र पुस ४ मा, प्रदेश अधिवेशन पुस १२ देखि

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र पुस ४ मा, प्रदेश अधिवेशन पुस १२ देखि

नेपाली काङ्ग्रेसले जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका तय गर्ने तयारी गरेको छ। पार्टी सभापति गगनकुमार थापाका अनुसार हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस...
दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् ।

भर्खरै