नेभिगेशन
समाज

ठमेलबाट १५ करोडको कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले ठमेलबाट तीन किलो कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ। बरामद कोकिनको अवैध बजार मूल्य करिब १५ करोड रुपैयाँ रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ब्युरोबाट खटिएको टोलीले मङ्सिर ११ गते काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित जीपी रोडको एक होटलबाट दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरेको हो। उनले आफ्नो ह्यान्ड ब्यागेजमा फल्स बटम बनाएर कोकिन लुकाई ल्याएको प्रहरीको भनाइ छ।

Marvel
Extreme Energy

उक्त कोकिन लिन आएका भारतीय नागरिक दीपक उत्तम वाघमारे पनि सोही क्रममा पक्राउ परेका छन्। ब्युरोका अनुसार कोरियाली नागरिकले पेरुबाट काठमाडौंसम्म कोकिन ल्याउने र भारतीय नागरिकले काठमाडौंबाट भारतको मुम्बईसम्म पुर्‍याउने जिम्मेवारी पाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार कोरियाली नागरिक पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नोभेम्बर २६ मा नेपाल आएका थिए। उनी यसअघि पनि गत जुलाई १९ मा नेपाल आएर तीन दिन ठमेलको होटलमा बसेर कोरिया फर्किएको अभिलेखबाट देखिएको ब्युरोले जनाएको छ।

पक्राउ परेका भारतीय नागरिकको साथबाट मुम्बईको स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको छ। उनीहरूबीच कोकिन लुकाइएको सुटकेस दिने र लिने क्रममा पासवर्ड प्रयोग भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट तीन किलो कोकिन, एक थान पासपोर्ट, एक थान आधार कार्ड र दुई थान मोबाइल बरामद गरेको छ।

ब्युरोका अनुसार बरामद कोकिनको प्रतिग्राम ५० हजार रुपैयाँका दरले हिसाब गर्दा मूल्य १५ करोड रुपैयाँ हुन्छ। नेपाललाई लागुऔषध ओसारपसारको ट्रान्जिटका रूपमा प्रयोग गर्न सक्ने विदेशी नागरिकको आपराधिक गतिविधिको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै विदेशी नागरिकमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

चारपटक म्याद थप्दा पनि बनेन तालचोक–बेगनास सडक, भौतिक प्रगति ८० प्रतिशत मात्रै

पोखरा महानगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको तालचोक–बेगनास सडक निर्माण चारपटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। दुई वर्षमा सक्ने गरी २०७९ असारमा ठेक्का सम्झौता भएको ३.२८...
एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुलको निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।
काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र पुस ४ मा, प्रदेश अधिवेशन पुस १२ देखि

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र पुस ४ मा, प्रदेश अधिवेशन पुस १२ देखि

नेपाली काङ्ग्रेसले जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका तय गर्ने तयारी गरेको छ। पार्टी सभापति गगनकुमार थापाका अनुसार हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस...
दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् ।

भर्खरै