नेभिगेशन
सबै कुरा

कांग्रेसले राजनीतिक अस्थिरता निम्त्याउन खोजेको रास्वपाकाे निष्कर्ष

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसले राजनीतिक अस्थिरता निम्ताउन खोजेको निष्कर्ष निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थिरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो । बैठकपछि सहप्रवक्ता मनीष झाले बिभिन्न मुद्धा लागेका कांग्रेसका सांसदलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने तर उजुरी नै नपरेको व्यक्तिलाई लखेटिरहने कांग्रेसको कदमले मुलुकलाई अस्थिरतातर्फ ढकेल्ने बताए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहेपनि यस बिषयमा सत्तापक्षले गर्ने सर्वदलीय निष्कर्षलाई भने स्वीकार गर्न सकिने धारणा राखे । बैठकमा संसदको आगामी अधिवेशनको तयारी र बजेटका बिषयमा छलफल भएको उनले जानकारी दिए ।

Ncell
Extreme Energy

बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाकाबारे जानकारी गराउदै कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरेको बताएका थिए । उनले देश र जनतालाई केन्द्रमा रहेर पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रीत गर्न निर्देशन दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...