नेभिगेशन
सबै कुरा

प्रतिवादी नै नभई राजीनामा दिनुपर्छ भन्ने कहाँ छ ? : रवि लामिछाने

काठमाडाैँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले भनेजस्तो आफू कुनै पनि सहकारी प्रकरणमा प्रतिवादी नभएका कारण आफूले राजीनामा दिनुनपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलबाट बाहिरिने क्रममा बोल्दै उनले आफूलाई महान्यायाधिवक्ताको कार्यालयले काँहीकतै प्रतिवादी नभएको बताएका कारण आफूले राजीनामा दिनुनपर्ने बताएका हुन् ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

अघिल्लो संसद अधिवेशनमा नेपाली कांग्रेसले निरन्तर आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको र आगामी अधिवेशनमा समेत आफूमाथि छानबिन गर्न संसदीय समिति नबने संसद चल्न नदिने चेतावनी दिँदै आएपछि उनले आफू कहाँ प्रतिवादी छु र राजीनामा दिनुपर्ने भन्दै प्रतिप्रश्न गरेका हुन् । ‘ममाथि आरोप लाग्यो, पत्रपत्रिकामा सुन्छु । सदनमा सांंसदहरुले उठाएको सुन्छु । मान्छेहरुले काहीँकाहीँ ज्ञापनपत्र बुझाएको भन्नेपनि सुन्छु । आरोप लागेपछि म कहाँ प्रतिवादी छु, मेरो कहाँ संलग्नता छ, ममाथि कहाँ मुद्दा चलेको छ भनेर मैले कतै त सोध्नपर्यो । त्यहि भएर महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएर सोधेँ । तर आफूमाथि काहीँ मुद्दा चलेको, प्रतिवादी भएको पाइनँँ । अब के आधारले राजीनामा दिनुपर्ने हो ?’, लामिछानेले भने । 

त्यस्तै उनले आरोप लगाउँदैमा राजीनामा दिनुपर्ने परिपाटी बसाउने हो भने नेपाली कांग्रेसबाट राजीनामा दिन सुरु गर्नुपर्ने र त्यसका लागि आफूसमेत तयार भएको बताए । ‘हामीले कस्तो नजीर बसाउने ? हाम्रो संसदीय अभ्यास कस्तो हो भन्ने कुरा हामीले स्पष्ट पार्नुपर्ने हुन्छ । विषय उठेको, कहाँ उठेको, कसले उठाएको भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । कहीँ उजुरी पर्नेबित्तिकै र आरोप लाग्नेबित्तिकै संसदीय छानबिन समिति बनाउन सुरु गर्ने र राजीनामा दिने हो भने सबैजना तयार रहुँ भनेर भनेकै हो । त्यसमा त पहिला तयार हुनुपर्यो नि अनि बल्ल पो छानबिन समिति बनाउने भन्ने कुरा हुन्छ ।’, पत्रकारसँग बोल्दै लामिछानेले भने । 

त्यस्तै गृहमन्त्री लामिछानेले सहकारीका समस्या समाधान गर्न आफू र सरकार संवेदनशील रहेको बताएका छन् ।  ‘नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेका छौँ। संसदमा विधेयकमा आउँछ। बचतकर्ताको पैसा फिर्ता हाम्रो प्राथमिकता हो। बरु प्रतिपक्षीले यसमा साथ दिनुपर्छ।’, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।