नेभिगेशन
सबै कुरा

प्रतिवादी नै नभई राजीनामा दिनुपर्छ भन्ने कहाँ छ ? : रवि लामिछाने

काठमाडाैँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले भनेजस्तो आफू कुनै पनि सहकारी प्रकरणमा प्रतिवादी नभएका कारण आफूले राजीनामा दिनुनपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलबाट बाहिरिने क्रममा बोल्दै उनले आफूलाई महान्यायाधिवक्ताको कार्यालयले काँहीकतै प्रतिवादी नभएको बताएका कारण आफूले राजीनामा दिनुनपर्ने बताएका हुन् ।   


CG

अघिल्लो संसद अधिवेशनमा नेपाली कांग्रेसले निरन्तर आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको र आगामी अधिवेशनमा समेत आफूमाथि छानबिन गर्न संसदीय समिति नबने संसद चल्न नदिने चेतावनी दिँदै आएपछि उनले आफू कहाँ प्रतिवादी छु र राजीनामा दिनुपर्ने भन्दै प्रतिप्रश्न गरेका हुन् । ‘ममाथि आरोप लाग्यो, पत्रपत्रिकामा सुन्छु । सदनमा सांंसदहरुले उठाएको सुन्छु । मान्छेहरुले काहीँकाहीँ ज्ञापनपत्र बुझाएको भन्नेपनि सुन्छु । आरोप लागेपछि म कहाँ प्रतिवादी छु, मेरो कहाँ संलग्नता छ, ममाथि कहाँ मुद्दा चलेको छ भनेर मैले कतै त सोध्नपर्यो । त्यहि भएर महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएर सोधेँ । तर आफूमाथि काहीँ मुद्दा चलेको, प्रतिवादी भएको पाइनँँ । अब के आधारले राजीनामा दिनुपर्ने हो ?’, लामिछानेले भने । 

त्यस्तै उनले आरोप लगाउँदैमा राजीनामा दिनुपर्ने परिपाटी बसाउने हो भने नेपाली कांग्रेसबाट राजीनामा दिन सुरु गर्नुपर्ने र त्यसका लागि आफूसमेत तयार भएको बताए । ‘हामीले कस्तो नजीर बसाउने ? हाम्रो संसदीय अभ्यास कस्तो हो भन्ने कुरा हामीले स्पष्ट पार्नुपर्ने हुन्छ । विषय उठेको, कहाँ उठेको, कसले उठाएको भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । कहीँ उजुरी पर्नेबित्तिकै र आरोप लाग्नेबित्तिकै संसदीय छानबिन समिति बनाउन सुरु गर्ने र राजीनामा दिने हो भने सबैजना तयार रहुँ भनेर भनेकै हो । त्यसमा त पहिला तयार हुनुपर्यो नि अनि बल्ल पो छानबिन समिति बनाउने भन्ने कुरा हुन्छ ।’, पत्रकारसँग बोल्दै लामिछानेले भने । 

त्यस्तै गृहमन्त्री लामिछानेले सहकारीका समस्या समाधान गर्न आफू र सरकार संवेदनशील रहेको बताएका छन् ।  ‘नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेका छौँ। संसदमा विधेयकमा आउँछ। बचतकर्ताको पैसा फिर्ता हाम्रो प्राथमिकता हो। बरु प्रतिपक्षीले यसमा साथ दिनुपर्छ।’, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...