नेभिगेशन
सबै कुरा

अब अतिरिक्त हुलाक रहँदैनन्ः मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक क्रमशः खारेज गरिने बताएकी छिन् । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिए पनि त्यहाँ रहेका कामदार क्रमशः अवकाश हुँदै जाने र त्यो पद स्वतः खारेज हुने नीति लिइएको बताइन् ।  

CG

“चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिएको थियो, साउन–भदौबाट हामीले काम पनि सुरु गर्यौँ, एकै पटकमा सबै खारेज गर्ने भन्ने थियो तर सबैको सल्लाहमा क्रमबद्ध रुपमा गरिने भएको हो,” उनले भनिन् । 

उनका अनुसार अतिरिक्त हुलाकमा रहेका विभिन्न ट्रेड युनियन, अर्थ मन्त्रालय र प्रधानमन्त्रीसमेतको छलफलपछि सो समूह खारेज हुने सहमति भएको तर यस कार्य क्रमबद्ध रुपमा हुँदै जाने निष्कर्ष निकालिएको थियो । 

अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८०, गत चैत ३० मै मन्त्रीपरिषदले स्वीकृत गरेको छ । सोही अनुरुप यही वैशाख १० गते राजपत्रमा प्रकाशन  भइसकेको छ । राजपत्र अनुसार नियुक्त भएका हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले ५८ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन् । 

त्यसैगरी, राजपत्रमा अतिरिक्त हुलाकमा रिक्त रहेका हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकको पद र नियम प्रारम्भ भएपछि रिक्त हुने त्यस्तो पद स्वतः खारेज हुने भनिएको छ । पछिल्लो समयमा सूचना, प्रविधिको विकाससँगै व्यक्तिगत चिट्ठीपत्रको अन्त्य भएकाले  सरकारी बाहेक अरु कागजपत्र हुलाकबाट जाने चलन अन्त्य भएको उनको भनाइ छ । 

मन्त्री शर्माले अतिरिक्त हुलाक खारेज गर्ने नीति बनिसकेकाले नियमावलीअनुसार अनिवार्य अवकाश, पद खारेज हुने र स्वेच्छिक अवकाश गरी तीनवटा विकल्प अघि सारिएको बताइन् । अहिले अतिरिक्त हुलाक राख्ने अवस्था नभएकाले एक पालिका एक हुलाक राख्ने निर्णय मन्त्रीपरिषदबाट भइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै

विशेष महाधिवेशन प्रचारप्रसार समितिले सोमबार पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं ५ का कांग्रेस...
विशेष महाधिवेशनः आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

विशेष महाधिवेशनः आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका ९काठमाडौँ, भक्तपुर र ललितपुर०बाट १७८...
काँग्रेस विशेष महाधिवेसनः बेलुकी ७ बजेसम्म ६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षर घाेषणा

काँग्रेस विशेष महाधिवेसनः बेलुकी ७ बजेसम्म ६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षर घाेषणा

महाधिवेसन उद्‌घाटन सत्रमा महामन्त्री गगन थापले सम्बोधन गरे लगत्तै आयोजकहरूले यस्तो घोषणा गरेका हुन् ।
नेता र नेतृत्व पनि परिवर्तन गर्ने काँग्रेस कार्यकर्ताको चाहना बन्दसत्रले पुरा गर्छः गगन थापा

नेता र नेतृत्व पनि परिवर्तन गर्ने काँग्रेस कार्यकर्ताको चाहना बन्दसत्रले पुरा गर्छः गगन थापा

‘यो नेताले बोलाएर भएको होइन, नेपाली कांग्रेसका भुइँका कार्यकर्ताले बोलाएर भएको हो । म पनि यहाँ अतिथि हुँ,’ गगनले भने, ‘नेता र नेतृत्व परिवर्तनको चाहना बोकेर कांग्रेसका भुइँ...