नेभिगेशन
सबै कुरा

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया अघि बढाउन एमाले र माोवादीको माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

आज प्रदेश प्रमुखलाई भटेर एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहितका प्रदेशसभा सदस्यहरूले त्यस्तो माग गरेका हुन् । उनीहरुले यही वैशाख ६ गतेको प्रदेशसभा बैठकले पारित गरेको सङ्कल्प प्रस्ताव स्मरण गराउँदै तत्काल सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरे । 

CG

नेपालको संविधानको धारा १८३ (३) बमोजिम कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरी मुख्यमन्त्री केदार कार्कीलाई विसं २०८० चैत २६ गतेको मितिले संविधानको धारा १८८(२) बमोजिमको अवधिभित्र अर्थात ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरिएको र सोबारे मुख्यमन्त्री कार्कीले जानकारी पाइसकेको उनीहरुको भनाइ छ । 

आफू अल्पमतमा परेको भए पनि संविधानको धारा १८८(२) बमोजिम विश्वासको मतप्राप्त गर्ने प्रयोजनका लागि समयावधिभित्र प्रदेशसभाको अधिवेशन आह्वान नगरेको तथा  राजिनामा पनि नदिएकाले कार्कीले मुख्यमन्त्री पदको संवैधानिक हैसियत गुमाएको उनीहरुको दावी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै

विशेष महाधिवेशन प्रचारप्रसार समितिले सोमबार पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं ५ का कांग्रेस...
विशेष महाधिवेशनः आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

विशेष महाधिवेशनः आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका ९काठमाडौँ, भक्तपुर र ललितपुर०बाट १७८...
काँग्रेस विशेष महाधिवेसनः बेलुकी ७ बजेसम्म ६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षर घाेषणा

काँग्रेस विशेष महाधिवेसनः बेलुकी ७ बजेसम्म ६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षर घाेषणा

महाधिवेसन उद्‌घाटन सत्रमा महामन्त्री गगन थापले सम्बोधन गरे लगत्तै आयोजकहरूले यस्तो घोषणा गरेका हुन् ।
नेता र नेतृत्व पनि परिवर्तन गर्ने काँग्रेस कार्यकर्ताको चाहना बन्दसत्रले पुरा गर्छः गगन थापा

नेता र नेतृत्व पनि परिवर्तन गर्ने काँग्रेस कार्यकर्ताको चाहना बन्दसत्रले पुरा गर्छः गगन थापा

‘यो नेताले बोलाएर भएको होइन, नेपाली कांग्रेसका भुइँका कार्यकर्ताले बोलाएर भएको हो । म पनि यहाँ अतिथि हुँ,’ गगनले भने, ‘नेता र नेतृत्व परिवर्तनको चाहना बोकेर कांग्रेसका भुइँ...