नेभिगेशन
सबै कुरा

संवैधानिक परिषदमा गणपुरक संख्याको बिषयमा स्पष्ट व्यवस्था हुनुपर्छ : रवि लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषदमा गणपुरक संख्याको बिषयमा स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन् । 

सिंदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा उनले परिषद्का सदस्यहरु निरन्तर अनुपस्थीत भएमा गणपुरक संख्याको आधार केलाई मान्ने भन्नेमा स्पष्ट व्यवस्था हुनुपर्ने बताएका हुन् । उनले परिषदमा अध्यक्ष र कम्तीमा चार सदस्यहरु उपस्थित हुनुपर्ने प्रावधानमा कुनै सदस्य तीन पटक लगातार अनुपस्थित रहेमा तत्काल उपस्थित रहेका सदस्यहरुको बहुमत मानिने व्यवस्थामा सहमति गर्न आफु तयार रहेको बताए । लामिछानेले अन्य सवै बिषयमा सहमति भइसकेको अवस्थामा गणपुरक संख्यामा बाध्यकारी बनाउनुपर्ने बिषयमा आवश्यक छलफल हुन नसकेकाले विधेयक अड्किएको धारणा राखे । स्वभाविक रुपमा आएका बिषयमा थप छलफल गर्न समय माग गर्नु अस्वभाविक नरहेको भन्दै उनले सर्वसम्मत रुपमा निर्णय हुनुपर्नेमा आफ्नो पनि सहमति रहेको जिकिर गरे । 

City Express

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई नै अल्पमतमा पार्ने प्रावधान राखेर विधेयक अघि बढाउन नहुने भन्दै यसलाई अहिले को प्रधानमन्त्री छ भनेर हेर्न नहुने बताए । उनले परिषद् बैठकमा प्रधानमन्त्रीलाई नै असहज गर्ने प्रावधान राख्दा अप्ठेरो हुने बताइन् । संवैधानिक परिषद् विधेयकमा छिट्टै निकास निकाली आगामी संसद्को अधिवेशनमा पेस गर्ने हिसावले अघि बढन उनले आग्रह गरिन् । 

बैठकमा समिति सदस्यहरुले संवैधानिक परिषद्लाई आफ्नो हितअनुकूल बनाउने व्यवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । त्यस्तै उनीहरुले परिषद बैठकमा अनुपस्थित हुने अवस्था अन्त्य र उपस्थितिलाई प्रोत्साहन गर्ने गरी विधेयकलाई अन्तिम रुप दिनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

मंगलवार दिउंसो उनले सिंहदरवार भित्रको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरिक्षण गरेका हुन् । उनले हिजोमात्रै मन्त्रीको कार्यभार सम्हालेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

जवाफमा डा रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताए...
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...