नेभिगेशन
सबै कुरा

संवैधानिक परिषदमा गणपुरक संख्याको बिषयमा स्पष्ट व्यवस्था हुनुपर्छ : रवि लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषदमा गणपुरक संख्याको बिषयमा स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा उनले परिषद्का सदस्यहरु निरन्तर अनुपस्थीत भएमा गणपुरक संख्याको आधार केलाई मान्ने भन्नेमा स्पष्ट व्यवस्था हुनुपर्ने बताएका हुन् । उनले परिषदमा अध्यक्ष र कम्तीमा चार सदस्यहरु उपस्थित हुनुपर्ने प्रावधानमा कुनै सदस्य तीन पटक लगातार अनुपस्थित रहेमा तत्काल उपस्थित रहेका सदस्यहरुको बहुमत मानिने व्यवस्थामा सहमति गर्न आफु तयार रहेको बताए । लामिछानेले अन्य सवै बिषयमा सहमति भइसकेको अवस्थामा गणपुरक संख्यामा बाध्यकारी बनाउनुपर्ने बिषयमा आवश्यक छलफल हुन नसकेकाले विधेयक अड्किएको धारणा राखे । स्वभाविक रुपमा आएका बिषयमा थप छलफल गर्न समय माग गर्नु अस्वभाविक नरहेको भन्दै उनले सर्वसम्मत रुपमा निर्णय हुनुपर्नेमा आफ्नो पनि सहमति रहेको जिकिर गरे । 

Ncell
Extreme Energy

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई नै अल्पमतमा पार्ने प्रावधान राखेर विधेयक अघि बढाउन नहुने भन्दै यसलाई अहिले को प्रधानमन्त्री छ भनेर हेर्न नहुने बताए । उनले परिषद् बैठकमा प्रधानमन्त्रीलाई नै असहज गर्ने प्रावधान राख्दा अप्ठेरो हुने बताइन् । संवैधानिक परिषद् विधेयकमा छिट्टै निकास निकाली आगामी संसद्को अधिवेशनमा पेस गर्ने हिसावले अघि बढन उनले आग्रह गरिन् । 

बैठकमा समिति सदस्यहरुले संवैधानिक परिषद्लाई आफ्नो हितअनुकूल बनाउने व्यवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । त्यस्तै उनीहरुले परिषद बैठकमा अनुपस्थित हुने अवस्था अन्त्य र उपस्थितिलाई प्रोत्साहन गर्ने गरी विधेयकलाई अन्तिम रुप दिनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...