नेभिगेशन
सबै कुरा

अब सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माण सरकारले गर्ने

काठमाडौँ । सरकारले अब सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने भएको छ। यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो।

नेपाल सेल्टर फोरमको दुई दिने छलफलको आज ललितपुरमा समापन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपदबाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिएका हुन् । 

CG

‘अबदेखि सबैखाले विपद्का घटनाबाट घरबास गुमाएका नागरिकले आवास पुननिर्माणका लागि अनुदान पाउनुहुनेछ’, मन्त्री लामिछानेले भने’, ‘जिल्लाको वर्गीकरणअनुसार अनुदान दिने रकम तोकिएको छ।  

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि–२०८१ अनुसार जिल्लाको वर्गीकरण बमोजिम लाभग्राहीले ४, ५ र ६ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन्।

कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने (विपन्न, संकटासन्न र अपांगता भएका) परिवारलाई अनुदान रकममा ५० हजार थप हुने व्यवस्था पनि छ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति आंकलन भएसँगै डोटी, बझाङ र जाजरकोट केन्द्रबिन्दू बनाएर भएका भूकम्पबाट आवास गुमाउनेका लागि पुनर्निर्माण र पुनस्थापनाको काम सुरु गरिने जानकारी दिएको थियो। पुनर्निर्माणमा किरब ७३ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणको अनुमान छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै

विशेष महाधिवेशन प्रचारप्रसार समितिले सोमबार पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं ५ का कांग्रेस...
विशेष महाधिवेशनः आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

विशेष महाधिवेशनः आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका ९काठमाडौँ, भक्तपुर र ललितपुर०बाट १७८...
काँग्रेस विशेष महाधिवेसनः बेलुकी ७ बजेसम्म ६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षर घाेषणा

काँग्रेस विशेष महाधिवेसनः बेलुकी ७ बजेसम्म ६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षर घाेषणा

महाधिवेसन उद्‌घाटन सत्रमा महामन्त्री गगन थापले सम्बोधन गरे लगत्तै आयोजकहरूले यस्तो घोषणा गरेका हुन् ।
नेता र नेतृत्व पनि परिवर्तन गर्ने काँग्रेस कार्यकर्ताको चाहना बन्दसत्रले पुरा गर्छः गगन थापा

नेता र नेतृत्व पनि परिवर्तन गर्ने काँग्रेस कार्यकर्ताको चाहना बन्दसत्रले पुरा गर्छः गगन थापा

‘यो नेताले बोलाएर भएको होइन, नेपाली कांग्रेसका भुइँका कार्यकर्ताले बोलाएर भएको हो । म पनि यहाँ अतिथि हुँ,’ गगनले भने, ‘नेता र नेतृत्व परिवर्तनको चाहना बोकेर कांग्रेसका भुइँ...