नेभिगेशन
सबै कुरा

खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल खेलाउन पुग्छ : खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौँ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको भन्दै उक्त बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका हुन् ।

कम बजेट भएको मन्त्रालयमा खेलकुद पूर्वाधारको माग भने देशको बजेट भन्दा ठूलो रहेको उनले बताए । मन्त्री श्रेष्ठले बजेट र उपयुक्त नीतिको अभावका काण खेलकुद पूर्वाधारको बिकास हुन नसकेको जिकिर गरे । उनले खेलकुद ऐन संशोधनको तयारी भइरहेको भन्दै यसका लागि आवश्यक सुझाव संकलन गर्ने काम समेत जारी रहेको जानकारी दिए । 

बैठकमा समिति सदस्यहरुले खेलकुद क्षेत्रमा खेलाडीहरुले पछिल्लो समय निकै राम्रो प्रदर्शन गरेपनि त्यहि अनुसार पूर्वाधारमा सरकारले ध्यान दिन नसकेको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...