नेभिगेशन
सबै कुरा

...अनी हिरा थापाले घुसको बिल मागिन् (भिडियो सहित)

उदयपुर । २०८० फागुन १३ गते उदयपुरकाे त्रीयुगा नगरपालिका वडा नम्बर १० बोक्से बस्ने अभिषेक थापा लागुऔषध बेच बिखन गरेको आरोपमा पक्राउ परे । अदालत, मुद्दा मामिलाबारे उति जानकारी नभएकी अभिषेककी आमा हिरा थापाले छोरालाई छुटाउन हरदम प्रयास गरिरहेकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही क्रममा उनी प्रहरी, सरकारी वकिलको कार्यालय र अदालत धाईरहेकी थिइन् । एक दिन जिल्ला सरकारी वकिल कार्यालयका एक कर्मचारी अभिषेकलाई १ लाख २० हजार जरिबाना हुने सम्भावना रहेको बताउँदै ७० हजार दिए छोरालाई छुटाइदिने प्रस्ताव राखे । 

Ncell
Extreme Energy


६० हजारमा कुरो मिल्यो । उनले बैशाख २३ गते ति कर्मचारीलाई सरकारी वकिलको कार्यालयमै रकम बुझाइन् । हिराको कुरा सुन्दा उनलाई यतिबेलासम्म आफूसँग घुस मागिएको समेत थाहा थिएन । उनका अनुसार उनले ति कर्मचारीसँग आफूले तिरेको रकमको बिल समेत मागेकी थिइन् । ‘छोरालाई १ लाख २० हजार जरिबाना हुने भनेका थिए । ७० हजार मागेका थिए । मैले अफिसभित्रै ६० हजार दिएँ ।’ हिराले भनिन् । 

पैसा बुझाएपछि छोरा छुट्नेमा हिरा ढुक्क थिइन् । बैशाख २५ गते जिल्ला अदालत उदयपुरले अभिषेकलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । यसअघि पनि ६० हजार बुझाईसकेकी हिरालाई फेरि पैसा बुझाउनुपर्छ भनियो । उनले आफूले पहिले नै धेरै पैसा बुझाईसकेकाले थप पैसा बुझाउन नसक्ने बताईन् । उनको यो कुरा सुनेपछि अदालतमा उपस्थित सबै अचम्मित परे । 

कहाँ कसलाई कसरी र किन रकम बुझाएको खोज्दै जाँदा बल्ल कुरा बाहिर आयो । त्यसपछि अदालतमा हल्लीखल्ली मच्चियो । यतिबेलासम्म हिरालाई आफूले रकम बुझाएको व्यक्तिको नाम समेत थाहा थिएन । बुझ्दै जाँदा उक्त व्यक्ति सुभास खत्री नाम बताउने नासु चोकेन्द्र खत्री भएको खुल्यो ।  

‘मैले कर्मचारीको नाम पनि याद गरेकी थिइन । मैले त पैसा तिरेको बिल पनि मागेको थिएँ ।’ हिराले भनिन्, ‘तर बिल पाईँदैन भने ।’

अदालतमा राम्रै हल्लाखल्ला भएको थाहा पाएपछि खत्रीले सुटुक्क हिरालाई रकम फिर्ता गरिदिए । हिराले रकम फिर्ता पाएको बताइन् । त्यसपछि स्थानीय जनार्दन रेग्मीले भिडियो खिच्दै उक्त रकम पत्रकार, प्रहरी सबैको उपस्थितीमा मात्रै बुझ्ने भन्दै जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठको कार्यकक्षमा लगेर राखिदिए । भोलिपल्ट रेग्मी भनेजस्तो छलफल हुन सकेन । हिराले पनि आफू थप मुद्दा मामिलाको झन्झटमा फस्न नचाहेको बताइन् । उनले आफ्नो रकम फिर्ता लिइन् । अभिषेक पनि १० हजार रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् । 

यस विषयमा जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठले यस विषयमा जानकार रहेको र आन्तरिक छलफलमा रहेको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो । भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको...
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भर्खरै