नेभिगेशन
सबै कुरा

नेम्वाङको पार्थिव शरीर च्यासलस्थित पार्टी कार्यालयमा, ओलीले झण्डा ओढाएर दिए श्रद्धाञ्जली

२६ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर च्यासलस्थित एमाले पार्टी कार्यालय लगिएको छ । त्यहाँ उपस्थित नेता तथा कार्यकर्ताले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । 

नेम्वाङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् । 


नेम्वाङको आज बिहान निधन भएको थियो । घरमा बेहोस भएर ढलेका नेम्वाङलाई टिचिङ अस्पताल पु¥याइएको थियो । अस्पतालले बिहान उनलाई मृत घोषणा गरेको थियो । 

उनको मृत्युपछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका थिए । उक्त बैठकले नेम्वाङलाई राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने निर्णय गरेको छ । साथै उनको अन्तेष्टिको दिन सार्वजनिब विदा दिने निर्णय समेत गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन । अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग...
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।