नेभिगेशन
मुख्य समाचार

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । एक बालिका अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन २६ गते खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा देवाही गोनाही नगरपालिका–१ करुनिया बस्ने करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन डुबेर बेपत्ता भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा सात जना प्रहरी टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो ।

Ncell
Extreme Energy

त्यस्तै, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा पाँच जना र सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा रबर बोर्डसहितको टोली खोजीमा खटिएको थियो ।

खोजीका क्रममा साउन २७ गते बिहान साढे ७ बजे महमद रमतुलाहको शव घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

सोही समयमा सबनम खातुनको शव पनि घटनास्थलबाट करिब ५.२ किलोमिटर दक्षिण जिंगडवास्थित खोला किनारमा फेला परेको थियो । दुवै शव करिब २०० मिटरको दूरीमा फेला परेका हुन् ।

बेपत्ता रौशन खातुनको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
आज पनि गर्मी कायमै, रातिदेखि वर्षा बढ्ने

आज पनि गर्मी कायमै, रातिदेखि वर्षा बढ्ने

काठमाडौंसहित पूर्वी नेपालका केही स्थानमा बुधबार पनि गर्मी कायमै रहने मौसम पूर्वानुमान गरिएको छ ।