नेभिगेशन
नेताका कुरा

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।

रास्वपाका सांसदले गैरजिम्मेवारी देखाएको भनेर टिप्पणी भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबारको प्रतिनिधि सभा बैठक गणपुरक संख्या नपुगेर स्थगित भयो ।

Ncell
Extreme Energy

६९ सांसद चाहिनेमा ६१ मात्रै उपस्थित भएपछि सभामुखले बैठक स्थगित गर्नुपर्ने अवस्था आयो ।

यो त्यतिबेला भयो जब सत्ता पक्षको १८२ अर्थात झण्डै दुईतिहाइ सांसद छन् ।

तर पनि एकचाैथाई जुटाउन हम्मे हम्मे परेको छ ।

आखिर सदनमा किन बस्दैनन् सांसद, रास्वपा सांसद आशिका तामाङले फेसबुकमा लेखेकी छिन् :  

हिजो सदन मा संसदहरुको सङ्ख्या पुगेन रे?? अब संसदहरू सबै मन्त्रालय को ढोका मा कति खेर मन्त्री र सचिब लाई भेट्ने अनि गुनासो पोख्ने भनेर लाइन मा हुनुहुन्छ अनि पुग्छ त संख्या?

 सरकार फेरिए पनि प्रधानमन्त्री नयाँ आए पनि काम गर्ने कर्मचारी ले हो मन्त्रालयका सचिवहरूले अब हजुर ३ दिन सक्छौ हामी ले भनेको काम ३ महिना बितिसक्दा पनि दिनमा ३ पल्ट त मन्त्रालय नै काम होला कि तैपनि भनेर धाउनु पर्छ ।

जनताको गुनासा, मुद्दा सबैभन्दा पहिले कसलाई आउँछ भन्नू पर्दा, निर्वाचित आफ्नो क्षेत्रको सांसदलाई अनि हामी संसदहरूले गुनासो कहाँ लाने भन्दा सम्बन्धित कार्यालय र मन्त्रालय, फोन घुमाउनु पर्‍यो कोहि को अफ कोहि को ब्यस्त, लागीहाल्यो भने हजुर मन्त्रालय नै आएर मन्त्रीलाई भन्नुस् न भन्नुहुन्छ, जानै पर्‍यो मन्त्री लाई waiting room मा एकछिन कुर्ने पर्‍यो । किनकि मन्त्री ज्यु अर्को बैठकमा व्यस्त हुनुहुन्छ ।

अनि एउटा मन्त्रालयमा बल्लतल्ल गुनासो त सकियो अर्को शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधार इत्यादि गुनासो लिएर सम्बन्धित मन्त्रालय जान त अझै बाकी नै छ । ५ बजिसक्यो झिमिक्क रात पर्छ, छोराछोरी स्कुलबाट ल्याउने समय पनि सम्झिनै पर्यो ।

हाजिर गर्‍यो अनि टाप रे ?? सदन भने को ७ घन्टा सम्म ठिक हो ।! जे बोल्नु पर्ने ठोस ठोस र तथ्यपरक कुरा उठाउने र कार्यान्वयन गर्न निर्देशिका दिने खाल को भए पो त अब एउटा प्रतिपक्ष ले माइक हात पायो भने बोलेको बोलौइ हो सभामुखज्यूले समय सकियो माननीयज्यू भन्दा त मान्नुहुँदैन! नयाँ कुरा केही छैन खालि एउटा कुरा दोहोरियाको दोहोर्या ! अनि lengthy र boring हुँदैन त ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै