नेभिगेशन
सबै कुरा

एक साताभित्र प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिइने कोशीका मुख्यमन्त्री दाबी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक साताभित्र प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन् । 

विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा रहेका दलहरु संग छलफल गरेर चाडै नै मन्त्रिमण्डललाई पूर्णता दिने बताएका हुन् । उनले प्रदेशमा मन्त्रालय थप नगर्ने बिषयमा सरकार प्रष्ट रहेको जिकिर गरे । उनले सर्वोच्च अदालतले अन्तरिम आदेश, अल्पकालिन आदेश र काम रोक्न आदेश समेत नदिएकाले अदालतमा विचाराधिन मुद्दा भन्न नमिल्ने भएकाले विश्वासको मत लिने निर्णय गरेको धारणा राखे । कार्कीले अहिलेको अवस्थामा संसदीय प्रक्रिया र मूल्यमान्यतामा कांग्रेस चुकेको प्रतिक्रिया दिएका छन् ।

City Express

यस्तै राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौलाले अहिले प्रदेश सरकारलाई मत नदिएर तटस्थ बसेपनि समय परिस्थीति अनुसार पार्टीले आगामी दिनमा आवश्यक निर्णय गर्ने जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...