नेभिगेशन
समाज

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

नेपालले उठाउँदै छ जलवायु परिवर्तनको मुद्दा

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा आज अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ’ नारा तय गरिएको छ ।

Ncell
Extreme Energy

महासभाको सबैभन्दा महत्वपूर्ण कार्यक्रम ‘सेटेम्बर’ १८ देखि २८ सम्मलाई मानिन्छ । सो अवसरमा विश्वभरको चासो, विश्व स्वास्थ्यदेखि शान्ति, सुरक्षा, मानवीय सहायतालगायतका विविध विषयहरुमा माथि छलफल हुन्छ ।

यसैगरी, ‘सेप्टेम्बर’ २२ देखि २६ तारिखसम्म विश्वभरका सदस्य राष्ट्रहरुका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभाको महत्वपूर्ण कार्यक्रममध्ये १८ ‘सेप्टेम्बर’का दिन दिगो विकासका लक्ष्यहरुको बारेमा छलफल हुनेछ जहाँ समुदाय, राष्ट्र र क्षेत्रीयरुपमा भइरहेका मानव तथा भौतिक विकास र विश्वव्यापीरुपमा भइरहेका कार्यप्रगतिको समीक्षासमेत गरिन्छ ।

यसैगरी, २३ सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ । यस सम्मेलनमा राष्टसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर, त्यसमा विकसित राष्ट्रहरुको भूमिका, प्रभावित देशहरुको अवस्था, ऊर्जा उत्पादन तथा उपभोक्ता अधिकारलगायका विविध विषयमा मजबुत सहकार्यको लागि आह्वान गर्ने राष्ट्रसंघले जनाएको छ ।

जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरुको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ । खासगरी जलवायु न्याय र जलवायु असरले मानव जीवन, प्राकृतिक सम्पदा, ऊर्जालगायतका क्षेत्रमा पारेको असर, क्षति र क्षतिपूर्तिको मागको विषयमा नेपालको ध्यान केन्द्रित रहने बुझिएको छ ।

जलवायु परिवर्तनको चपेटामा समग्र विश्व समुदाय पर्दै गएको, तापक्रम वृद्धि, समुद्रको सतह वृद्धिलगायतका समस्याले कैयौँ देश प्रभावित भइरहेको अवस्थामा विश्वको साझा समस्या सम्बोधन गर्न वार्षिकरुपमा आयोजना हुने यस महासभाले विश्वको ध्यान खिचेको छ ।

साथै विश्वका विभिन्न भूगोल तथा क्षेत्रमा जारी रहेका विविध किसिमका  युद्धले मानव जीवनमा आर्थिक भौतिक र सामाजिक क्षति गहिरिँदै गएकाले पनि यस महासभामा यी विषयमा आवश्यक छलफल एवं परामर्श हुने अपेक्षा गरिएको छ ।

राष्ट्रसंघीय महासभा सञ्चालनसम्बन्धी कार्यसूचीअनुसार यसपटकको ८१ औँ ‘सेसन’को अध्यक्षता बङ्गलादेशका कूटनीतिज्ञ खालिलुर रहमानले गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?