नेभिगेशन
सबै कुरा

करार र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने तयारी भईरहेको छ : श्रममन्त्री अर्याल

बाँके । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटिने तयारी भै रहेको बताएका छन् । शुक्रबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी साउन देखि लागू हुने गरी करार र अनौपचारिक क्षेत्रका श्रमिकका लागि सुरक्षा योजना सञ्चालन गरिने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारको नीति तथा कार्यक्रमले पनि अनौपचारिक क्षेत्र र करारमा रहेका श्रमिकको सुरक्षा योजनालाई समेट्नेको छ । यसलाई सहज बनाउन श्रम र अर्थमन्त्रालयका अधिकारी बिच छलफल भएको उनले बताए । “करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि हामीले कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र अर्थमन्त्रालय बिच छलफल गरेका छौ,” उनले भने । 

Ncell
Extreme Energy

छलफलमा विदेशका कारगारमा, कोमा र श्रमिकको शव लगायतका बिषयमा मन्त्रालयले तथ्यांक संकलन गरी रहेको पनि बताए । केही तथ्यांक प्राप्त भएको छ । पूर्ण तथ्याक प्राप्त भएपछि राहत र उद्धारका लागि रणनीति बनाईने उनले बताए । त्यस्तै, श्रम स्वीकृति लिएर गएका नागरिकको उद्धार, शबको व्यवस्थापन, बिमा, उपचार लगायतका सबै खालको जिम्मेवारी मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार बोर्डले लिने उनले बताए । तर, गैरकानुन तवरबाट श्रम स्वीकृति नलिई गएका श्रमिकको हकमा भने मन्त्रालयले आर्थिक सहयोग नगर्ने उनले स्पष्ट पारे । “उद्धारका लागि मन्त्रालयले सम्बन्धित मुलकको नियोग तथा अन्य सामाजिक संस्थासँग समन्वय मात्रै गर्न सक्छ,”उनले भने । त्यसैले श्रम स्वीकृति लिएर मात्रै रोजगारीमा जाने सुचना प्रवाह गरिदिन उनले आग्रह गरे । 

यसका साथै मन्त्रालयले अहिले सीप विकासका कार्यमा जोड दिएको बताए । प्रत्येक श्रमिकलाई सीप सिकाउने गरी मुलुक भर व्यवसायीक सीप विकास तालिम केन्द्रको परिचालन गरिने उनले बताए । आगामी दिनमा बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने मन्त्रालयको लक्ष्य रहेको उनले बताए । वैदेशिक रोजगारी व्यवसायका लागि सरकारबाट अनुमति प्राप्त व्यवसायीलाई प्रोत्साहीत गरिने तर, गैरकानुनी रुपमा काम गरेमा निर्मम भएर कारवारही तथा नियमन पनि गरिने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।
रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ ।
भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको...

भर्खरै