नेभिगेशन
समाज

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

eकाठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास आज पनि जारी रह्यो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित विदेशी विज्ञ र आयोजनाको प्रतिनिधि सम्मिलित उद्धार टोलीले जलविद्युत् आयोजनाको संरचनामा हराइरहेकाको खोजी गरेको हो ।
 
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधि रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउस र ‘कन्ट्रोल रुम’ सम्म पुगी खोजी गरेका छन् । यस्तै, त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेलमा सैनिक फौज उद्धार उपकरणसहित खोज तथा उद्धारमा निरन्तर खटिएको छ ।
 
त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ । चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनी एक्साभेटर’ र पम्पको सहायताले लेदो फाल्ने काम गरेको र हेलिकप्टरबाट स्याफ्रुबेँसीमा झारेको एक्साभेटर टनेल इलाकामा लैजाने काम भइरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माथिल्लो त्रिशुली–१ मा विदेशीसहितको टोलीले थर्मल क्यामेरामार्फत सुरुङभित्र खोजी गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो । सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडानलाई तीव्र बनाएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएका ५५ जनाको टोलीले पुल निर्माण गरिरहेको छ । सैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट १३ जनाको उद्धार गरिएको छ । हालसम्म हेलिकप्टरमार्फत तीन हजार ९७५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।
 
प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रुबेँसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ । विपद् व्यवस्थापनका लागि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा सैनिक परिचालित भएका छन् ।

Marvel

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...