नेभिगेशन
सबै कुरा

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

धनुषा । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

Ncell
Extreme Energy

धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।
रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ ।
भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको...

भर्खरै