नेभिगेशन
सबै कुरा

कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना भयो – महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको युवा विचार गोष्ठीमा बर्तौलाले संसदीय राजनीतिको लामो अनुभव छ भन्ने कांग्रेसले सत्ताका लागि नै संसद अवरुद्ध गरेको आरोप लगाउदै यसले संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका हुन् । कांग्रेसको लगातारको अवरोधका कारण मुलुकमा गतिरोध पैदा भएको र जनताप्रति संसद नै चाहिदैन की भन्ने भाष्य निर्माण हुने खतरा रहेको उनको भनाइ छ । उनले सत्ताको वरिपरिमात्रै घुम्ने कांग्रेसको प्रवृतिका कारण सदन अवरोध भएको आरोप लगाए । सहकारीको समस्या समाधान हुनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको भन्दै उनले राज्यले न्यायिक समिति बनाएर यसको समाधान गर्नुपर्नेमा जोड दिए । 

Ncell
Extreme Energy

त्यस्तै एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताए । राजनीति कहिल्यै पनि फोहोरी नहुने भन्दै उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे व्यक्ति नै फोहोरी हुने जिकिर गरे । उनले अव सवै युवाहरु मिलेर देशको बिकास र समृद्धिमा ध्यान दिनुपर्ने बताए । 

नेम्वाङले मुलुकमा नै प्रयाप्त अवसर सिर्जना गरेर युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...