नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरलाई कारबाहीको माग गर्दै गरिएको शान्तीपूर्ण प्रदर्शनमा आक्रमण गर्नेलाई कारबाही गर्न माग

वीरगंज । वीरगंजमा शुक्रबार गरिएको शान्तीपूर्ण प्रदर्शनमा रुपेशमानसिंह नेतृत्वको समूहले हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार विज्ञप्ती जारी गर्दै आक्रमण गर्ने कार्यको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न समेत माग गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकता किर्ते गर्ने वीरगंज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै वीरगंजमा निरन्तर बिरोध तथा प्रदर्शनहरु भइरहेका छन् । सोही क्रममा शुक्रबार नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो । तर उक्त प्रदर्शनमा रुपेशमान सिंह नेतृत्वको समूहले अवरोध गरेका कारण आफ्ना कार्यकर्ता घाइते भएको भन्दै नेपाली कांग्रेसले कारबाहीको माग गरेको हो ।

Ncell
Extreme Energy

वीरगंज महानगरपालिकाको माइस्थान चोक अगाडि नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिको महम्मद शहाबुद्दिनको नेतृत्वमा निकालिएको मसाल जुलुस नगरपरिक्रमा गरेर कोणसभा गर्दै गर्दा मेयर सिंहका कार्यकर्ताले जबरजस्ती विवाद गर्न खोजेपछि दुवैतिरबाट मुठभेडको अवस्था सृजना भएको पर्सा प्रहरीले जनाएको छ । 

माइस्थानमा चोकमा पुगेर कार्यक्रम गरिरहेका बेला मेयर समर्थकहरूले मेयर सिंहको पक्षमा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न थालेपछि हात हालाहाल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए । उनका अनुसार मेयर सिंहका कार्यकर्ताले कोणसभा गरिरहेकै स्थानमा पुगेर विथोल्न खोज्दा प्रहरीले लाठी चार्ज गरेर दुवै समूहलाई लखेटेको प्रहरी उपरीक्षक ढुंगेलले बताए । 

मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै बाबु बनेर नागरिकता दिलाएका थिए । नागरिकता बनाउन मेयर राजेशमान सिंहले जन्मदर्ता, सिफारिस लगायतको कागजात किर्ते गरेको प्रमाणहरुले देखाएका छन् । सोही प्रकरणका कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन हुँदै आएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको...
बाढी प्रभावित रसुवामा सरकारले ७८ प्रतिशत घरमा पुर्‍यायो विजुली

बाढी प्रभावित रसुवामा सरकारले ७८ प्रतिशत घरमा पुर्‍यायो विजुली

भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...

भर्खरै