नेभिगेशन
समाज

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

Ncell
Extreme Energy

मदन पुरस्कार विसं २०१२ मा स्थापित प्रतिष्ठित साहित्यिक पुरस्कार मानिन्छ । सो  पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको थियो ।

त्यस्तै छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ । उक्त पुरस्कार गुठीले विसं २०४५ देखि प्रदान गर्न थालेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।