नेभिगेशन
सबै कुरा

गौशाला चोकका अतिक्रमित संरचना हटाउन नमानेपछि महानगरले चलायो डोजर (भिडियाेसहित)

काठमाडौँ । काठमाडौँमा महानगरपालिकाले गौशाला चोकमा अवैधरुपमा बनेका आधा दर्जन घर तथा टहरा भत्काएको छ ।  सडकको किनारमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरामाथि महानगरले डोजर चलाएको हो । 


आइतबार बिहानै ३ ओटा डोजर लिएर पुगेको महानगरले हालका लागि भने ६ ओटा मात्रै घर टहरा भत्काएको छ । अघिकांश टिकट काउन्टर खडा गरिएका उक्त क्षेत्रमा महानगरले डोजर चलाएपछि व्यवसायीहरुले आक्रोशित बनेका छन् । 

अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन महानगरबाट यसअघि नै पटकपटक पत्राचार र सूचना गरिएको तर उक्त सूचना बेवास्ता गरेको भन्दै महानगरले डोजर चलाएको हो । ‘३५ दिनअघि अतिक्रमित संरचना हटाउन पत्राचार गरिएको र १५ दिनअघि पुनः संरचना हटाउन माइकिङ गर्दासमेत अटेर गरेपछि डोजर चलाउन बाध्य भएका हौँ’, नगर प्रहरी प्रमखु राजुनाथ पाण्डेले बताए ।

पाण्डेका अनुसार सडक विभाग को २०३५ को मापदण्डविपरित घर टहरा बनाइएका र हालसम्म पनि घर टहराको भाडा उठाएको पाइएपछि उक्त स्थानमा डोजर चलाइएको हो । पहिलो चरणमा ६ ओटा घर भत्काइएपनि आगामी दिनमा उक्त क्षेत्रमा ३० बढी अतिक्रमित संरचना हटाइने महानगरले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएसँगै महानगरले महानगरभित्र बनेका अवैध र फुटपाथ तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाइँदै आएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...